‘दिलवाले दुल्हनिया ले जाएंगे’ ले टुटाएकाे थियाे चोपडा र अख्तरको मित्रता
मुम्बई। बलिउडमा दुई परिवारबीच राम्रो सम्बन्धको कुरा गर्दा पहिलो नम्बरमा यश चोपडा र जावेद अख्तरको परिवार आउँछ।
यश चोपडाका लागि जावेद अख्तरले लेखक सलीमसँग मिलेर फिल्म लेखे। उनले एक्लैले कयाै गीत पनि लेखे। जब जावेद र उनकी पत्नी हनी इरानी अलग भए, तब हनीले यशका लागि ‘लम्हे’, ‘आईना’ र ‘डर’ जस्ता फिल्म लेखिन्। तर एक फिल्मले यो परिवारको सम्बन्धलाई टुटायो।
फरहान अख्तरको फिल्म ‘दिल चाहता हे (२००१)’ जब रिलिज भयो, यो फिल्मको कथा वास्तविक रुपमा चोपडा र अख्तर परिवारसँग मिलेको चर्चा चल्यो। किनकी फिल्ममा तीन साथी आमिर खान, सैफ अली खान र अक्षय खन्नाको कथा देखाइएको छ । तर फरहानले यो कुरालाई अस्वीकार गरे । फरहान फिल्मका लेखक र निर्देशक थिए।
कुनै समय फरहान अख्तर, आदित्य चोपडा र उदय चोपडा मिल्ने साथी थिए। तिनैजना सँगै खेले, पढे र ठूला भएका थिए। तर सम्बन्धमा त्यो बेला दरार आयो, जुन बेला फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे (१९९५)’ रिलिज भयो। फिल्मले रिलिजसँगै आदित्य चोपडाको नामको धुम मच्चायो । उनी फिल्मका लेखक, पटकथाकार र निर्देशक थिए।
तर, हनी ईरानीले यो फिल्ममा आफूलाई कथाकारको रुपमा क्रेडिट नदिएको आरोप लगाइन्। फिल्मको कथा लेखनमा उनको पनि योगदान रहेको दाबी थियो। उनले फिल्मको कथा लेखिरहँदा आदित्यसँग कुराकानी हुने गरेको बताउने गरेकी थिइन्। उनी फिल्मको स्वीटजरल्याण्ड सेड्युलमा पनि गएकी थिइन्। आदित्यले हनीलाई स्टोरी राइटरका रुपमा क्रेडिट दिएका थिएनन्।
यश चोपडाले यो मामलामा कुनै हस्तक्षेप गरेनन्। यो विषयमा मिडियामा समाचार आउन थालेपछि उनीहरुको सम्बन्धमा दरार आउन थाल्यो। फरहानले पनि आफ्नो आमालाई क्रेडिट नदिएकोमा गुनासो गरे। जबकी फिल्मको सफलताको बारेमा बताउन कुनै आवश्यकतै ठानिएन। फरहान अन्तत: दुवै चोपडा दाजुभाईसँग अलग्गिए। फरहान विशेष रुपमा उदयसँग नजिक थिए।
उता हनी र यश चोपडाकी श्रीमति पामेलाको सम्बन्ध पारिवारिक साथीका रुपमा थियो। त्यो सम्बन्ध पनि यो फिल्मसँगै समाप्त भयो। फरहानले ‘दिल चाहता हे’लाई आफूहरुको जीवनबाट प्रभावित नभएको बताए पनि उनले मानिसले आफ्नो जीवनमा भएका घटनालाई भुल्न नसक्ने भन्दै घुमाउरो पारामा स्वीकारेका थिए।
Facebook Comment