कास्कीका गोकर्ण कार्की बने एसियाका ‘योङ इन्टरप्रेन्योर अफ द इयर’

काठमाडौं। कास्कीका गोकर्ण कार्की आइकन अफ एसिया अवार्डमा ‘योङ इन्टरप्रेन्योर अफ द इयर २०२३’ घोषित भएका छन् ।
ग्लोबल एम्पायर इभेन्ट्स र बिजनेसन टिभीको संयुक्त आयोजनामा दुबईमा भएको कार्यक्रममा कार्की उक्त अवार्डबाट सम्मानित भएका हुन् । उनलाई ग्लोबल एम्पायर र बिजनेसनका प्रबन्ध निर्देशक उदयवीर सिंह बिन्द्राले सम्मान गरेका हुन् ।
पोखराको भलाम घर भएका कार्की सानै उमेरदेखि व्यवसायमा सक्रिय हुँदै आएका थिए । उनले हाल पोखराको न्युरोडमा सिटि जिम र बगरमा कम्प्लिट कम्प्युटर सेवा सन्चालन गर्दै आएका छन् ।
प्रतिक्रिया
Facebook Comment