श्रीलंकाको केन्द्रीय बैंकले उठायो आश्चर्यजनक कदम, के हो यसको कारण ?
काठमाडौं । श्रीलंकाको केन्द्रीय बैंकले एउटा चकित पार्ने निर्णयमा ब्याजदर घटाएको घोषणा गरेको छ । केन्द्रीय बैंकको यो निर्णयलाई देशको अर्थतन्त्रमा विश्वास फर्किएको रुपमा हेरिएको छ ।
बिहीबार बैंकको यो कदमले बजार आश्चर्यमा छ । पछिल्लो तीन वर्षमा श्रीलंकामा ब्याजदरमा यो पहिलो कटौती हो। यसले देशको अर्थतन्त्रलाई पुनः ट्रयाकमा ल्याउन केही परिवर्तनहरू हुने सङ्केत पनि गरिरहेको छ ।
गत वर्ष विदेशी मुद्रा सञ्चिति सकिएपछि श्रीलंका ठूलो आर्थिक संकटमा फसेको थियो । त्यसपछि त्यहाँ तेल, खाद्यवस्तु र औषधिको मूल्य ह्वात्तै बढेको थियो ।
मुलुकभर सुरु भएको आन्दोलनले राष्ट्रपतिलाई सत्ता छाड्न बाध्य बनाएपछि यो ठूलो आर्थिक संकटले राजनीतिक सङ्कटको रुप लियो । जुलाईमा नयाँ सरकार बन्यो ।
नयाँ सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट २.९ बिलियन डलरको सहायता प्याकेज सुरक्षित गरेको छ। गत वर्ष सेप्टेम्बरमा श्रीलंकामा मुद्रास्फीति ७० प्रतिशतले बढेको थियो ।
तर, मुद्रास्फीति घट्ने चरण सुरु भएको छ । सरकारको राजस्व पनि बढ्दै गएको छ भने भुक्तानी सन्तुलनमा पनि सुधार भइरहेको छ ।
Facebook Comment