ओडिशामा भीषण रेल दुर्घटनापछि रेलमन्त्रीले राजीनामा नदिने, दिए यस्तो जवाफ
काठमाडौं । ओडिशाको बालासोरमा शुक्रबार साँझ रेल दुर्घटना भएपछि रेलमन्त्री अश्विनी वैष्णव घटनास्थल पुगेका थिए। यस क्रममा वैष्णवले उद्धार कार्यको समीक्षा गरेका थिए ।
मिडियासँग कुरा गर्दै अश्विनी वैष्णवले भने, ‘यो ठूलो दुर्घटना हो । हाम्रो प्रार्थना सबै दिवंगत आत्माहरु संग छ। शुक्रबार रातिदेखि नै रेलवे, एनडीआरएफ, राज्य सरकार निरन्तर उद्धार कार्यमा जुटेका छन्। यत्रो ठुलो दुर्घटनामा कस्तो पहल हुनुपर्ने हो भनेर जताततैबाट मान्छे बोलाइएको छ ।
यस दुर्घटनामा २३० जनाभन्दा बढीको मृत्यु भएको छ ।
वैष्णवले भने, “मेरो समवेदना आफ्ना प्रियजनहरू गुमाउने परिवारहरूसँग छ। जहाँ राम्रो स्वास्थ्य सुविधा उपलब्ध छ, त्यहाँ उपलब्ध गराइनेछ। शुक्रबार राति रेलवेले क्षतिपूर्ति घोषणा गरेको छ ।’
वैष्णवलाई सोधियो दुर्घटनाको कारण के हो ? यसबारे उनले भने, ‘उच्चस्तरीय समिति बनेको छ । यो दुर्घटनाको जरासम्म जान्छु । दुर्घटना के कारणले भयो, बुझिन्छ । अनुसन्धानपछि मात्रै केही भन्न सकिन्छ । छानबिन होस् । अहिले सबैको ध्यान जनताको उपचार र उद्धारमा केन्द्रित छ ।’
रेल दुर्घटनापछि टीएमसी नेता अभिषेक बनर्जीले रेलमन्त्रीको राजीनामा मागेका छन् ।
अश्विनी वैष्णवलाई पनि सोही प्रश्न सोधियो कि तपाईको राजिनामाको माग छ, यसमा के भन्नु हुन्छ ?
जवाफमा अश्विनी वैष्णवले भने, “म भन्न चाहन्छु कि पहिलो ध्यान जनताको जीवन बचाउन र राहत कार्यमा हुनुपर्छ।”
अश्विनी वैष्णवले भने, ‘दुर्घटनास्थलको क्लियरेन्स प्राप्त भएलगत्तै पुनः मर्मतको काम सुरु गर्नेछौं ।’
Facebook Comment