असार ४ गतेभित्र म्याद नथपे अयोजनाहरु ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी
काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले आगामी बजेटमा आफ्ना मागहरुका बिषयमा सम्बोधन नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ।
महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २०८१ असार मसान्तसम्म सवै आयोजनाहरुको म्याद थप हुनुपर्ने, माइलस्टोनको व्यवस्था खारेज हुनुपर्ने , सरकारसंग भएको सहमति अनुसार मूल्य समायोजन हुनुपर्ने लगाएतका मागहरु बजेटमा सम्बोधन नगर्नु दुर्भाग्यपूर्ण रहेको ठहर गर्दै आन्दोलन गर्ने चेतावनी दिएको हो ।
आगामी असार ४ गते भित्रमा सवै आयोजनाहरुको म्याद थपको निर्णय नभएमा सम्पूर्ण अयोजनाहरु ठप्प पार्ने र सवै इजाजत पत्रहरु राज्यलाई बुझाएर आन्दोलनमा होमिन बाध्य हुने महासंघका अध्यक्ष रवि सिंहले बताए।
राज्यबाट व्यवसायीहरुलाई हालसम्म भुत्तानी गर्न नसकेको,बैंकहरुबाट ऋण उपलव्ध नगराइएको लगाएतका कारणले हाल करिव ३ हजार भन्दा बढि आयोजनाहरुको म्याद थप गर्नुपर्ने अनुमान रहेको उनले बताए।
उनले महासंघले प्रधानमन्त्री लगाएत सम्बन्धी सवै निकायहरुलाई आफ्ना मागका बारेमा जानकारी गराएपनि कुनै सुनुवाई हुन नसकेको गुनासो गरे।
आगामी आर्थिक बर्षमा निरन्तरता नपाउने आयोजनाहरुको भुक्तानी नै लिन नसकिने भएकाले बाध्य भएर आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै समयमा नै राज्य गम्भीर हुनुपर्ने अध्यक्ष सिंहले बताए।
Facebook Comment