भारत र अमेरिकाका रक्षामन्त्रीको भेटमा के कुरा भयो ?
काठमाडौं । भारतका रक्षा मन्त्री राजनाथ सिंहले अमेरिकी रक्षा सचिव लोयड अस्टिनसँगको भेटपछि इन्डो-प्यासिफिक क्षेत्रलाई स्वतन्त्र र नियमले बाँध्न इन्डो-अमेरिका साझेदारी महत्त्वपूर्ण भएको बताएका छन्।
राजनाथ सिंहले क्षमता निर्माण र रणनीतिक साझेदारीलाई थप सुदृढ गर्नका लागि भारत अमेरिकासँग विभिन्न क्षेत्रमा काम गर्न चाहेको बताएका छन् ।
रक्षामन्त्री राजनाथ सिंहसँगको द्विपक्षीय भेटपछि आयोजित पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्रीले भने, ‘हामी द्रुत रूपमा परिवर्तन भइरहेको विश्वको सामना गरिरहेका छौं। चीनको धम्की, युक्रेन विरुद्ध रुसको आक्रामक रवैया, कसरी एउटा देशको सार्वभौमसत्ता खोस्दैछ भन्ने हामीले देखिरहेका छौं । हामीले विश्वमा जलवायु परिवर्तन र आतंकवादको चुनौती सामना गरिरहेका छौं।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणभन्दा दुई साताअघि अमेरिकी रक्षामन्त्री अस्टिन आफ्नो दुईदिने भ्रमणका लागि आइतबार नयाँ दिल्ली आइपुगेका छन् ।
यस क्रममा अमेरिकी रक्षा सचिवले भारत र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको महत्त्वमा जोड दिएका थिए । लोयड अस्टिनको यो दोस्रो भारत भ्रमण हो। यसअघि मार्च २०२१ मा पनि उनी भारत आएका थिए ।
Facebook Comment