भारत सामु निरीह परराष्ट्र मन्त्री

सर्वत्र चर्चामा रहेको अखण्ड भारतको नक्साबारे भारतीय मिडियामा अनभिज्ञता प्रकट

शरद रिजाल
२३ जेठ २०८० १२:०६

काठमाडौं। नेपालको प्रतिनिधत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको भ्रमण टोलीमा भारत पुगेका परराष्ट्रमन्त्री एनपी साउदको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेको छ।

उनले नेपाल सरकारको परराष्ट्रमन्त्रीको हैसियतमा भातीय टेलिभिजन आज तकसँगको अन्तरर्वार्तामा अखण्ड भारतको नाममा सार्वजनिक नक्साबारे नेपाल सरकार बेखबर रहेको अभिव्यक्ति दिएका थिए।

उनको अभिव्यक्तिलाई लिएर सोमबार रास्वपाका सांसद असिम शाहले देशको भूगोलबारे अनभिज्ञता प्रकट गर्ने परराष्ट्रमन्त्रीलाई राजीनामा दिन माग गरे।

सांसद शाहले सार्वभौम देशको परराष्ट्रमन्त्रीले हालै सार्वजनिक सर्वत्र चर्चाको विषय बनेको अखण्ड भारतको नक्साबारे नेपाल सरकार जानकार नभएको अभिव्यक्ति दिनु मन्त्रीको गैरजिम्मेवारपन रहेको बताउँदै पदमा बस्ने नैतिक अधिकार गुमाएको बताएका थिए।

नेपालमा सर्वाधिक चर्चाको विषय बनेको अखण्ड भारतको नक्साबारे प्रधानमन्त्री दाहालको भारत भ्रमण अघि सरकारका उर्जामन्त्री शक्ति बस्नेतले सरकारको ध्यानाकर्षण भएको बताएका थिए।

नेपालमा सर्वाधिक चर्चाको विषय बनेको अखण्ड भारतको नक्साबारे प्रधानमन्त्री दाहालको भारत भ्रमण अघि सरकारका उर्जामन्त्री शक्ति बस्नेतले सरकारको ध्यानाकर्षण भएको बताएका थिए।

तर, एउटै क्याबिनेटको परराष्ट्र मन्त्रीले कुन नैतिकताका आधारमा निरीहता प्रकट गर्दै सरकार बेखबर भएको अभिव्यक्ति दिन पुगे? उनको अभिव्यक्तिले सार्वभौम देशका नागरिकको भावनामा चोट पुगेको छ।

एकातिर अमुर्त रुपमा भ्रमणका क्रममा नयाँ अखण्ड भारतका नाममा सार्वजनिक गरिएको नक्साबारे भारतीय पक्षसँग जिज्ञासा राखिएको भन्दै भारत भ्रमण टोलीबाट मिडियाबाजी गरिएको थियो। भारतीय पक्षले सांस्कृतिक रुपमामात्रै बुझिदिन आग्रह गरेको बताइएको थियो।

लगत्तै बहालवाला परराष्ट्र मन्त्रीले सरकारलाई कुनै जानकारी नभएको अभिव्यक्ति दिनु त्यसअघि भारतीय पक्षसँग चासो राखिएको भन्दै गरिएको प्रचारबाजी मिथ्या साबित भएको छ।

मुलुकको विदेश नीति हेर्ने तालुकदार मन्त्रालयको मन्त्रीले निरीहतापूर्वक अनभिज्ञता प्रकट गर्दै सरकारलाई जानकारी नभएको बताउनु राष्ट्रको सार्वभौमिकता माथिको खेलवाड हो।

सामाजिक सञ्जालदेखि सर्वत्र मिडियामा सार्वजनिक भएको विषयमा सरकारको अन्तराष्ट्रिय सम्बन्ध र कुटनीतिक पहल गर्नुपर्ने मन्त्रालयका बहालवाला मन्त्री कसरी बेखबर भए?

उनले नितान्त आफूमात्रै बेखबर भएको बताएका छैनन्। नेपाल सरकारलाई नै जानकारी नभएको अभिव्यक्ति दिएका थिए। परराष्ट्र मन्त्री साउदले के आधारमा नेपाल सरकार जानकार नभएको अभिव्यक्ति दिए उनले नेपाली जनसमक्ष उजागर गनुपर्छ।

मुलुकका सम्पूर्ण नागरिक जानकार भएको विषयमा सार्वभौम देशको परराष्ट्र मन्त्रीले भारतको मिडियामा सरकारको अनभिज्ञता प्रकट गर्नु देशकै बेइज्जत हो। उनी आफ्नो मुलकप्रतिको उत्तरदायित्व बहन गर्न असमर्थ भएका छन्।

मुलुकको भूमि छिमेकी देशले नक्सामा समावेश गरेको सम्पूर्ण नेपाली जानकार हुँदा पनि सरकार बेखबर भएको अभिव्यक्ति दिने परराष्ट्रमन्त्रीले पदमा रहने नैतिक अधिकार गुमाइसकेका छन्।

यद्यपि उनको यस गैरजिम्मेवार अभिव्यक्ति नैतिकतासँग मात्रै जोडएको विषय रहेन। यो विदेश मामिला हेर्ने मन्त्रीको मातृभूमिप्रतिको अपमान हो। देशको सम्प्रभुता माथि अर्को देशको आक्रमणबारे बेखबर रहने परराष्ट्र मन्त्रीले पदीय गरिमासँगै सार्वभौम मुलुकको धज्जी उडाएका छन्।

उनको राष्ट्रका नागरिकको भावनामा चोट पुर्‍याउने गैर जिम्मेवार राष्ट्रहित विपरितको अभिव्यक्ति सार्भौमसत्ता सम्पन्न नेपाली जनताका लागि क्षम्य हुन सक्दैन।

मन्त्री साउदले नेपाल र नेपाली जनताको प्रतिनिधित्व गर्दै परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा रहेर मुलुकको हित विपरित दिएको अभिव्यक्ति संवैधानिक रुपमा पनि दण्डनीय छ।

पद बहाली गर्दा शपथ ग्रहणको क्रममा मुलुक र जनताप्रति बफादार रहने प्रतिज्ञा गरेका साउदले राष्ट्रको सार्वभौकितामा आँच पुग्ने गरि छिमेकीले मुलकले गरेको सीमामाथि गरिएको आक्रमणमा सरकार नै बेखबर रहेको अभिव्यक्ति दिनु आफूसँगै मुलुकको स्वाभिमानमाथि घात गरेका छन्।

भारत सामु लाचारीपन देखाउँदै नेपालको भूमिबारे सरकार नै बेखबर रहेको अभिव्यक्ति दिने परराष्ट्र मन्त्रीको साउदलाई स्वाभिमानी नेपाली जनताले परराष्ट्र मन्त्रीको हैसियतमा स्वीकार्नुपर्ने कुनै आवश्यकता छैन।

उनले देश र देशवासीको प्रतिनिधित्व गर्दै पदीय दायित्व विपरीत दिएको लज्जास्पद अभिव्यक्तिले मुलुकबासीको शिर निहुरिएको छ।

मुलुकको शिर निहुराउने भारतीय मिडियामा देशको सार्वभौम सत्ता विपरीत अभिव्यक्ति दिने मन्त्री स्वाभिमानी नेपाली जनताका लायि सैह्य हुन सक्दैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *