श्रीमानको अनुहार देख्नासाथ गर्भवती श्रीमतीको मृत्यु, बच्चा जन्मिन २० दिन बाँकी थियो

डिसी नेपाल
२५ जेठ २०८० १६:०७

काठमाडौं । हत्या प्रयासको आरोपमा जेलमा रहेका श्रीमानलाई भेट्न गएकी श्रीमती श्रीमानको अनुहार देख्नेबित्तिकै बेहोस भइन् । उनलाई हतारमा अस्पताल पुर्याइएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।

ती महिला ८ महिनाकी गर्भवती थिइन् र २७ जुनमा सुत्केरी हुने मिति तोकिएको थियो । भाउजुको मृत्युपछि उनका देवरले प्रहरी प्रशासनलाई जिम्मेवार ठहर गरेका छन् । घटना बिहारको भागलपुरको विशेष केन्द्रीय जेलको हो ।

वास्तवमा यो घटना ६ जुनमा भागलपुरको विशेष केन्द्रीय जेलमा भएको थियो । भागलपुरको घोघा गोविन्दपुरका गुड्डु यादवको २ वर्षअघि घोघा जानिडिहकी पल्लवी यादवसँग विवाह भएको थियो । दुवैले प्रेम विवाह गरेका थिए र हाल पल्लवी ८ महिनाकी गर्भवती थिइन् ।

जग्गाको विषयमा विनोद यादवसँग गुड्डु यादवको विवाद थियो । यस मामिलामा, गुड्डु विरुद्ध धारा ३०७ को मुद्दा दर्ता गरिएको थियो, जसका कारण उनी विगत आठ महिनादेखि भागलपुरको विशेष केन्द्रीय जेलमा सजाय काटिरहेका छन्।

६ जुनमा पल्लवी श्रीमान गुड्डुलाई भेट्न जेल पुगिन् । नम्बर पाएपछि गुड्डु उनको अगाडि आएपछि पल्लवी बेहोस भइन् । त्यसपछि उनलाई हतारमा मायागञ्ज अस्पताल ल्याइएको थियो । यहाँ जाँचपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । पल्लवीको मृत्युसँगै उनको पेटमा हुर्किरहेको बच्चा पनि यो संसारमा रहेन ।

पीडित परिवारका अनुसार पल्लवीको आठौं महिनाको गर्भ थियो । चिकित्सकले पनि जुन २७ मा डेलिवरी मिति दिएका थिए । तर, त्यसअघि नै यो घटना घट्यो ।

गुड्डुका भाइ विक्की यादवले प्रहरीको मनमानीका कारण भाउजुले ज्यान गुमाएको बताए । अर्को पक्ष (विनोद यादव) बाट पैसा लिएर प्रहरीले दाजु गुड्डुलाई जेल पठायो । दाजु जेल नगएको भए सायद यो अवस्था आउने थिएन आज हाम्रो घर पुरै ध्वस्त भएको थियो । यसका लागि प्रहरी प्रशासन मात्र जिम्मेवार छ ।

पल्लवीको मृत्युपछि पोस्टमार्टमका लागि परिवार सहमत भएनन् । त्यसपछि कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाइएको थियो । पल्लवीका श्रीमान प्रहरीको सुरक्षामा अन्तिम संस्कारका लागि शवदाह गृह पुगेका थिए । त्यसपछि उनले आफ्नी श्रीमतीको चिता जलाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *