१३ वर्षमै यौन दुर्व्यवहार भोगेकी सोनम

डिसी नेपाल
२६ जेठ २०८० ७:५८

मुम्बई। अभिनेत्री सोनम कपुर बलिउडकै सबैभन्दा स्टाइलिस्ट अभिनेत्रीमा पर्छिन्। अनिल कपुरकी छोरी सोनम निकै बिलासी जीवन बिताउँछिन्।

सायद कमैलाई थाहा होला सोनमले १३ वर्षको उमेरमै यौन दुव्यर्वहार भोगेकी थिइन्। यो घटनाबाट उनी यति डराएकी थिइन् कि उनले आफूले नै गल्ती गरेको महशुस गरिन्। घटनाबारे उनले कसैलाई सुनाइनन्। यो कुराका खुलासा उनले हालै एक अन्तरवार्तामा गरेकी हुन्।

‘जोकोही पनि बाल्यकालमा कहिले न कहिले यौन दुव्यर्वहारको शिकार हुन्छ। मलाई थाहा छ कि मैले पनि दुव्यर्ववहार भोगेकी थिएँ। त्यो मेरा लागि ठूलो चोट थियो। यो बारेमा मैले दुई तीन वर्षसम्म कसैलाई बताइनँ। मलाई त्यो घटना अहिलेसम्म सम्झना छ’, उनले भनेकी छन्। सोनमका अनुसार यो घटना मुम्बईको गाइट ग्यालेक्सी थिएटरमा भएको थियो। जहाँ उनी आफ्ना साथीहरुका साथ फिल्म हेर्न गएकी थिइन्।

‘सबै मानिसहरु केही खानेकुरा किन्न बाहिर गएका थिए। त्यही बेला एक मानिस पछाडिबाट आएर मेरो छाती थिच्यो। त्यो बेला म सानी थिएँ, मेरो आकृति थिएन। मेरो छाती थिचेपछि म कामें। मलाई थाहा थिएन कि यो के भइरहेको छ। त्यसपछि म भित्र गएर पुरै फिल्म हेरें। त्यो बेला मैले नै केही गल्ती गरेर यस्तो हो कि भन्ने भयो’, उनले भनेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *