मिटरब्याज पीडितसँग गृहमन्त्रीले भने- ‘प्रहरीले दुःख दिएको छ? मलाई भन्नुहोस्’

डिसी नेपाल
२७ जेठ २०८० १७:५७

महोत्तरी। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री बनेर झण्डा हल्लाउने मात्र गर्नेहरुका कारण काम नभएको बताएका छन्।

पद भनेको जिम्मेवारी मात्र भएको र उक्त जिम्मेवारीमा इमान्दारिताका साथ नलाग्दा जनताको काम नभएको गृहमन्त्री श्रेष्ठको तर्क छ।

महोत्तरीको रामगोपालपुरमा नवनिर्मित वडा भवनको उदघाटन गर्दै गृहमन्त्री श्रेष्ठले जनताको समस्यामा नेता समेत इमानदारी नभएको आरोप लगाए। कुरा गर्ने दिनको अन्त्य भएको बताउँदै जनतालाई जनप्रतिनिधि र नेताहरुले काम गरेर नतिजा देखाउने समय आएकोप्रति सजग गरा ।

मिटरब्याज पीडितहरुको समस्यालाई सरकारले प्रमुखताका साथ लिइरहेको बताउँदै गृहमन्त्री श्रेष्ठले भने, ‘काइते कुरा गरेर कुनैपनि प्रहरीले पीडितलाई थप पिडा दिएको छ भने हामीलाइ उजुरी दिनुस् हामी कारबाही गर्न तयार छौं।’

मिटरव्याज पीडितको लागि जनप्रतिनिधिहरुले एजेन्डा बनाउन नसकेकोप्रति पनि गृहमन्त्री श्रेष्ठले गुनासो गरे।

गृहमन्त्री श्रेष्ठले मधेशमा आउदा राष्ट्रिय एकताको झल्को आउने गरेको पनि अनुभव सुनाए। उनले भने, ‘मधेशका श्रमिकहरुले जहिलेपनी राष्ट्रिय स्वाधिन्ता र राष्ट्रिय एकताको लागी आवाज उठाउने गर्दछन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *