म्यान्चेस्टर सिटीले उचाल्यो च्याम्पियनसिप लिगको उपाधि

डिसी नेपाल
२८ जेठ २०८० ७:०२

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको उपाधि हासिल गरेको छ।

टर्कीको इस्तानबुलमा शनिवार राति भएको खेलमा इन्टर मिलानलाई १-० ले पराजित गर्दै सिटीले च्याम्पियनसिप लिगको उपाधि जीत हासिल गरेको हो।

शनिवार राति एटाटर्क ओलम्पिया स्टेडियममा शनिबार राति भएको फाइनल खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो।

निकै प्रतिस्पर्धात्मक र रोचक देखिएको उक्त खेलको ६८ औं मिनेटमा रोड्रीले गरेको गोलले सिटीलाई च्याम्पियन सिपको उपाधीका लागि निर्णायक साबित भयो। त्यसपछि दुवै पक्षवाट कुनै गोल निस्क्न नसक्दा खेल १-० मा टुंगिएर सिटी च्याम्पियन सिपको उपाधि चुम्न सफल भयो।

पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित हासिल गरेको सिटीले यसै सिजनको इंग्लिस प्रिमियर लिग र एफए कपको उपाधीमा पनि जीत हासिल गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *