चक्रवात विपरजोयले आगामी ६ घण्टामा गम्भीर रुप लिने
काठमाडौं । चक्रवाती तूफान विपरजोय आगामी ६ घण्टामा ‘अत्यन्त गम्भीर चक्रवाती आँधी’मा परिणत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागसउ अनुसार चक्रवाती तूफान विपरजोयले पाकिस्तानको तट र छेउछाउको सौराष्ट्र र कच्छमा जुन १५ सम्म निकै भयावह रुप लिनेछ ।
पछिल्लो छ घण्टादेखि पाँच किलोमिटर प्रतिघण्टाको गतिमा आँधी चलिरहेको छ । तर अबको केही समयमा यसका कारण अरब सागरमा १५५ देखि १६५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्न सक्छ । अगाडि बढ्दा हावाको गति १९० किलोमिटर प्रतिघण्टा पुग्न सक्छ ।
केही दिनयता अरब सागरमा ‘साइक्लोनिक एक्टिभिटी’ देखिएको छ । बिस्तारै बलियो बन्दै गएको चक्रवात विपरजोय आगामी दिनमा गुजरातको तटीय क्षेत्र नजिक आउनेछ ।
आँधीबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै भारतीय मौसम विज्ञान विभागले गुजरातको तटीय क्षेत्रका माछा मार्नेहरूलाई सल्लाह दिएको छ। जुन १५ सम्म पश्चिम–मध्य अरब सागर र असार १२ देखि १५ गतेसम्म उत्तर अरब सागर र छेउछाउको मध्य अरब सागरमा माछा मार्ने काम नगर्न आग्रह गरिएको छ ।
सौराष्ट्र र कच्छमा, माछा मार्नेहरूलाई जून १५ सम्म तटबाट टाढा रहन सल्लाह दिइएको छ।
आगामी चार दिनको पूर्वानुमान अनुसार चक्रवातका कारण गुजरातको तटीय क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यससँगै आगामी पाँच दिनसम्म सौराष्ट्र–कच्छ र दिवका सबै जिल्लामा ३० देखि ५० किलोमिटरको गतिमा हावा चल्ने छ ।
Facebook Comment