अन्तर्राष्ट्रिय शक्ति समीकरणमा दुर्लभ घटना, सबैभन्दा शक्तिशाली र कट्टर दुश्मन देशहरु एकैठाउँ
काठमाडौं । विभिन्न मुद्दामा विश्वका सबैभन्दा शक्तिशाली देशहरुबीच अहिले सबैभन्दा तनावपूर्ण सम्बन्ध छ । युक्रेन युद्धका कारण अमेरिका र रुसबीच तनाव अत्यन्तै बढेको छ । जासुसी बेलुन खसालेको घटना र ताइवान मुद्दाका कारण अमेरिका र चीनबीचको सम्बन्ध पनि तनावपूर्ण छ । तर, यही अवस्थामा कट्टर दुश्न मानिएका यी शक्तिशाली राष्ट्रहरुले संयुक्त सैन्य अभ्यास गरेका छन् ।
हालै यी शक्ति राष्ट्रका नौसेनाले आफ्नो मतभेदलाई पन्छाएर इन्डोनेसियाले आयोजना गरेको ‘कोमोडो’ नौसैनिक अभ्यासमा भाग लिएका छन् । युरासियन टाइम्सका अनुसार जुन ५ बाट सुरु भएको उक्त अभ्यासमा अमेरिका, बेलायत, चीन, जापान, रुस र दक्षिण कोरियाका नौसेना सहभागी थिए । अभ्यासमा दक्षिण एसियाका चरम प्रतिद्वन्द्वी भारत र पाकिस्तानलाई पनि निमन्त्रणा गरिएको थियो ।
इन्डोनेसियाली नौसेनाले एक विज्ञप्तिमा भन्यो कि नियमित कोमोडो अभ्यास एक ‘गैर–युद्ध’ अभ्यास हो जसको उद्देश्य घट देशका नौसेनाहरू बीचको सम्बन्धलाई सुदृढ पार्ने थियो । विपद्को प्रतिक्रिया र मानवीय कार्यमा केन्द्रित कोमोडो अभ्यास दुई पक्षका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याउने अवसर जस्तो देखिन्थ्यो । यो यसकारण पनि चाखलाग्दो थियो किनकि गत वर्षको अगस्टदेखि दुई पक्षबीच कुनै सम्पर्क छैन ।
हालै सिंगापुरले आयोजना गरेको सांग्रिला संवादमा चीनले आफ्ना रक्षामन्त्री ली साङ्फुलाई अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनसँग बैठकका लागि अनुमति दिन अस्वीकार गरेको थियो । सुरक्षा अधिकारीहरू बीचको संलग्नताको लागि एक फोरम मानिएको यो संवादमा उनीहरूको अन्तरक्रिया हात मिलाउनुमा मात्र सीमित थियो ।
यद्यपि, विज्ञहरू विश्वास गर्छन् कि यी अभ्यासहरूले अमेरिका र चीनबीचको तनाव कम गर्ने सम्भावना छैन । बेइजिङ र वासिङ्टनबीच बढ्दो तनावको बीचमा यो अभ्यास गरिएको हो । यस क्षेत्रमा चीनको बढ्दो प्रभावको प्रतिक्रियास्वरुप अमेरिकाले भर्खरै ताइवानको वरपरका मित्रराष्ट्र र साझेदारहरूसँग दक्षिण चीन सागर र पश्चिमी प्रशान्तको जलमार्गमा थप युद्ध अभ्यासहरू गरेर यस क्षेत्रमा आफ्नो सैन्य कूटनीतिलाई तीव्र पारेको छ ।
यसले दुई शत्रुबीचको पहिलेदेखि नै तनावग्रस्त सम्बन्धलाई थप चिसो बनाएको छ । अमेरिकाले ताइवानलाई प्रदान गरेको अटुट समर्थन, उच्च–स्तरीय हतियार निर्यात र टापु राज्यमा उच्च–स्तरीय आधिकारिक भ्रमणहरूले पनि तनाव घटाउन दिएका छैनन् ।
Facebook Comment