आफ्नो बाथरूममा गोप्य कागजातहरू राको आरोपबारे डोनाल्ड ट्रम्पले के भने ?
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बाथरूम र बलरूममा गोप्य कागजातहरू राखेको आरोपमा जवाफ दिएका छन्।
शनिबार चुनावी प्रचारका क्रममा दुई सभालाई सम्बोधन गर्दै उनले एफबिआइ र न्याय विभागलाई भ्रष्टको संज्ञा दिँदै चुनावमा हस्तक्षेप गर्न यो सबै भइरहेको बताए ।
जर्जियामा भएको पहिलो रिपब्लिकन कन्भेन्सनमा बोल्दै ट्रम्पले भने, “उनीहरू धोखा गरिरहेका छन्। तिनीहरू दुष्ट र भ्रष्ट मानिसहरू हुन्। यी अपराधीहरूलाई पुरस्कृत गर्न सकिँदैन, तिनीहरूलाई पराजित गर्नुपर्छ।”
ट्रम्पलाई गोप्य कागजातहरू गलत प्रयोग गरेको आरोप लगाइएको छ, जसमध्ये केही आणविक हतियार र सैन्य योजनाहरूसँग सम्बन्धित छन्।
उनीमाथि पटकपटक गोप्य कागजातहरू देखाएर एजेन्सीहरूलाई अनुसन्धान गर्न आएका बेला भ्रमित गरेको आरोप छ।
ट्रम्पले यसअघि नै सन् २०२४ को अमेरिकी राष्ट्रपतिको चुनाव लड्ने घोषणा गरिसकेका छन्, जसका लागि उनले चुनावी सभाहरूलाई सम्बोधन गरिरहेका छन्। उनले भने, “म कहिल्यै झुक्ने छैन, म कहिल्यै डराउने छैन।”
अभियोगमा बोल्दै ट्रम्पले अति संवेदनशील कागजातहरू जासुसी ऐनको सट्टा प्रेसिडेन्सियल रेकर्ड ऐन अन्तर्गत आउनु पर्ने बताए।
अमेरिकी राष्ट्रपतिको अभिलेख ऐन अन्तर्गत कार्यकाल पूरा भएपछि ह्वाइट हाउसका अभिलेखहरू राष्ट्रिय अभिलेखमा राखिन्छन्।
Facebook Comment