इन्डिगो एयरलाइन्सको विमान किन पाकिस्तानको एयरस्पेसमा जान बाध्य भयो ?
काठमाडौं । अमृतसरबाट अहमदाबाद जाँदै गरेको इन्डिगोको विमान खराब मौसमका कारण पाकिस्तानको हवाई क्षेत्रमा पुगेको थियो ।
एयरलाइन्सले आइतवार भनेको छ कि विमान सुरक्षित रूपमा भारतको हवाई क्षेत्रमा पुग्नु अघि पाकिस्तानको गुजरनवालातर्फ गएको थियो।
एयरलाइन्सले एक विज्ञप्तिमा इन्डिगोको उडान ६इ-६४५ खराब मौसमका कारण अटारीबाट पाकिस्तान डाइभर्ट गर्नुपरेको जनाएको छ।
इन्डिगोले यसका लागि पाकिस्तानलाई सम्पर्क गरेको र उनीहरु चालक दलका सदस्यसँग निरन्तर सम्पर्कमा रहेको बताएको छ ।
यसअघि पाकिस्तानको डन अखबारको समाचार अनुसार यो विमान बेलुकी ७.३० बजे लाहोरको उत्तरी भागमा प्रवेश गरेको थियो र साँझ ८:१५ बजे भारत फर्किएको थियो।
अखबारले पाकिस्तानको नागरिक उड्डयन विभागका एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ कि यो अभ्यास असामान्य छैन र खराब मौसममा अन्तर्राष्ट्रिय रूपमा अनुमति छ।
मे महिनामा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान भारतको हवाई क्षेत्रमा प्रवेश गरी करिब १० मिनेटसम्म बसेको थियो । यसको पछाडिको कारण खराब मौसम पनि थियो । त्यो बेला पाकिस्तानमा भारी वर्षा भएको थियो ।
Facebook Comment