भारतको टेस्ट टिमलाई भारी जरिवाना, शुभमन गिललाई छुट्टै जरिवाना
काठमाडौं । विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा अस्ट्रेलियासँग २०९ रनको लज्जास्पद हार बेहोरेको भारतीय टोलीलाई दोहोरो झट्का लागेको छ ।
भारतीय टोलीको सम्पूर्ण म्याच शुल्क काटिएको छ । आईसीसीले स्लो ओभर रेटका कारण भारतीय टोलीको शुल्क काटिएको बताएको छ ।
निर्धारित समयमा भारतीय टोलीले पाँच ओभर कम बलिङ गरेको थियो । स्लो ओभर रेटका कारण अष्ट्रेलियाली टोलीको म्याच फीको ८० प्रतिशत कटौती भएको छ । अष्ट्रेलियाको टोलीले निर्धारित समयभन्दा चार ओभर कम बलिङ गरेको थियो ।
आईसीसीले भारतीय ओपनर शुभमन गिललाई छुट्टै जरिवाना लगाएको छ । अम्पायरको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको भन्दै उनलाई जरिवाना गरिएको हो ।
भारतको दोस्रो इनिङ्समा गिललाई क्यामरुन ग्रीनले क्याच आउट गरेका थिए । उनलाई आउट दिने निर्णय थर्ड अम्पायरले दिएका थिए ।
यो निर्णयलाई लिएर निकै विवाद भएको थियो । धेरैले दावी गरे कि ग्रीनले क्याचलाई सफासँग समातेनन्। जब उनले बललाई क्याच गरे, बलले जमिन छुँदै थियो।
सामाजिक सञ्जालमा पनि यस विषयमा चर्को बहस भएको थियो ।
शुभमन गिलले पनि यसप्रति निराशा व्यक्त गर्दै तस्विर पोस्ट गरेका थिए । यसैलाई ध्यानमा राख्दै आईसीसीले उनलाई खेल शुल्कको १५ प्रतिशत जरिवाना लगाएको छ ।
आईसीसीका अनुसार उनलाई खेल शुल्कको कुल ११५ प्रतिशत जरिवाना गरिएको छ ।
Facebook Comment