इमरान खानको गिरफ्तारीपछि चार पत्रकारमाथि हिंसाको मुद्दा दर्ता
काठमाडौं । पाकिस्तान प्रहरीले मे ९ मा पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि भएको हिंसा र आगजनीको सम्बन्धमा दुई पत्रकार, एक समाचार एङ्कर र अहिले युट्युबर भएका एक पूर्व सेना अधिकारीलाई “हिंसा भड्काएको” अभियोग लगाएको छ।
भ्रष्टाचारको मुद्दामा पूर्वप्रधानमन्त्री इमरान खानको उच्चस्तरीय गिरफ्तारीपछि देशभरका संवेदनशील सैन्य अड्डाहरू र सरकारी भवनहरूमा आक्रमण गराएको आरोप ती चारजनामाथि छ। सोमबार मोहम्मद अस्लम नामका व्यक्तिको उजुरीमा एफआईआर दर्ता गरिएको थियो।
मोहम्मद अस्लमले प्रहरीलाई भने कि मे ९ मा उनले पत्रकार शाहिन सेहबाई, वजाहत सईद खानका साथै पूर्व सेना अधिकारी र युट्युबर आदिल राजा र एन्कर सैयद हैदर रजा मेहदीको स्क्रिनसट र सन्देशहरू २५ जनाले साझा गरेको देखे।
एफआईआरमा भनिएको छ कि यी व्यक्तिहरूले सेनाको आधारमा आक्रमण गर्न, आतंकवाद फैलाउन र देशमा अराजकता सिर्जना गर्न उक्साएका थिए।
एफआइआर लेख्ने व्यक्तिको दाबी छ कि पत्रकारहरुको सामाजिक सञ्जालको प्रोफाइल हेरेपछि यि सबैले राष्ट्र विरोधी शक्तिलाई सघाउने, सेनाको बदनाम गर्ने र विद्रोह सिर्जना गर्न सुनियोजित षडयन्त्र र आपसी समन्वयमा काम गरिरहेको पुष्टि भएको छ ।
Facebook Comment