इस्कोनको ४३औं जगन्नाथ रथयात्रा काठमाडाैंमा

डिसी नेपाल
३१ जेठ २०८० ६:५६

काठमाडाैं। पहिले जगन्नाथ पुरीमा मात्रै हुने जगन्नाथ रथयात्रा करिब ५० वर्ष पहिलेदेखि अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ, इस्कोन संस्थापक, आचार्य अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपदले विश्वव्यापी रूपमा अमेरिकाको सन् फ्रान्सि्को बाट सुरुवात भएको उक्त जगन्नाथ रथयात्रा नेपालमा पनि विगत ४२ वर्ष देखि आयोजना गरिँदै आएको छ।

यही असार ५ गते काठमाडाैंमा हुने जगन्नाथ रथयात्रा कमलादी, जमल, भद्रकाली, न्यूरोड हुँदै बसन्तपुरमा पुगेर टुंगिने कार्यक्रममा नेपालभरिका विभिन्न स्थानका हजारौं व्यक्तिहरूको सहभागिता रहने बताइएकाे छ।

उक्त कार्यक्रममा भजन कीर्तन र नि:शुक्ल प्रसाद वितरण हुने इस्कोन नेपालले जनाएको छ। साथै सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको निम्ति आयोजकले विशेष अपील समेत गरेको छ।

वैदिक सनातन धर्ममा चारधामको विशेष महत्व रहने गर्छ। जसमध्ये एक हो भारतको ओडिसामा अवस्थित जगन्नाथ पुरी धाम। जहाँ जगन्नाथ रथयात्रालाई विशेष महत्वका हजारौं भक्तजनका साथ मनाइन्छ। जसले एकपल्ट मात्रै भगवान् जगन्नाथको रथको डोरी स्पर्श गर्छ उसले हजारौं अश्वमेध यज्ञ गरे बराबरको फल मिल्ने धार्मिक मान्यता छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *