मृत घोषणापछि अन्तिम संस्कार गर्न ५ घन्टा कफिनमा बन्द गरिएकी महिला सास फेरिरहेकी भेटिइन्

डिसी नेपाल
३१ जेठ २०८० ११:३२

काठमाडौं । इक्वेडोरकी एक वृद्ध महिलाको अन्त्येष्टिमा भेला भएका मानिसहरू उनले कफिनमा सास फेरिरहेको देख्दा स्तब्ध भए।

७६ वर्षीया बेला मोन्टेयालाई बाबाहोयो सहरको अस्पतालमा हृदयघात भएपछि मृत घोषणा गरिएको थियो ।

बेलाको मृत्यु भएको घोषणापछि उनका आफन्तले उनलाई कफिनमा राखेर अन्तिम संस्कारका लागि लगेका थिए ।

उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न कार्यक्रम आयोजना गरिएको थियो । बेला करिब पाँच घण्टा कफिनमा बसिन् ।

दाहसंस्कार गर्नुअघि कपडा फेर्न कफिन खोल्दा बेला मोन्टेया सास फेरिरहेकी थिइन् ।

बेलाका छोरा गिल्बर्ट बालबर्नले भने, ‘आमाले देब्रे हात हल्लाउँदै थिइन्, आँखा खुला थिए र सास फेर्न खोज्दै थिइन् ।

उनलाई फेरि अस्पतालमा भर्ना गरिएको थियो जहाँ उनी अहिले अक्सिजन सपोर्टमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *