विपरजोयले पाकिस्तानमा विनाश गर्न सक्ने, कराँचीमा बादल फुट्ने डर, सिन्धमा संकटकाल

डिसी नेपाल
३१ जेठ २०८० १२:०२

काठमाडौं । चक्रवात बिपरजोयले पाकिस्तानमा ठूलो विनाश निम्त्याउन सक्छ। चक्रवाती आँधी विपरजोय जुन १५ मा गुजरात र कराँचीको तटमा पुग्ने सम्भावना छ । पाकिस्तानको मौसम विभागले कराँचीमा बादल फुट्ने जस्ता घटना हुने सम्भावना व्यक्त गरेको छ । यति मात्र होइन सिन्धमा संकटकाल घोषणा गरिएको छ । यहाँ सेना परिचालन गरी तल्लो क्षेत्रमा बसोबास गरिरहेका करिब ८० हजार मानिसलाई स्थानान्तरण गर्ने काम सुरु गरिएको छ ।

पाकिस्तानको मौसम विभागले विपरजोयलाई निकै गम्भीर चक्रवाती आँधीको रूपमा वर्णन गरेको छ । चक्रवात अरब सागरमा रहेको पाकिस्तान र भारतको तटीय क्षेत्रतर्फ तीव्र गतिमा अघि बढिरहेको छ । सिन्धका मुख्यमन्त्री मुराद अली शाहले राज्यमा संकटकाल घोषणा गरिएको बताएका छन्। शाहले भने, ‘हामी जनतालाई अपील गरिरहेका छैनौं, घर खाली गर्न आग्रह गरिरहेका छौं । हामीले सामाजिक सञ्जाल, मस्जिद र रेडियो स्टेशनहरू मार्फत अलर्ट जारी गरेका छौं।’

सिन्धका मुख्यमन्त्रीले मानिसहरूलाई बाहिर निकाल्न पाकिस्तानी नौसेनाको सहयोग लिइएको बताए। थाटामा हालसम्म ५ सय गाउँले विस्थापित भएका छन् । जबकि १५०० जनालाई उद्धार गर्ने कार्य जारी छ। यसैबीच शाह बन्दरबाट २ हजार जनालाई सुरक्षित स्थानमा पठाइएको छ ।

कराँचीको डिफेन्स हाउजिङ अथोरिटीले समुन्द्री क्षेत्रका मानिसहरूलाई जुन १३ सम्म स्वेच्छिक रूपमा घरहरू खाली गर्न अपील गरेको छ। चक्रवात विगत १२ घण्टादेखि उत्तर–उत्तरपश्चिमतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो कराचीबाट ५५० किमी दक्षिण, थट्टाको ५३० किमी दक्षिणमा अवस्थित छ।

चक्रवातको समयमा सतही हावाको गति १४०–१५० किलोमिटर प्रतिघण्टा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जबकि केन्द्र वरिपरि १७० किमी/घन्टाको गतिमा तेज हावा चल्न सक्छ। यति मात्र होइन, समुद्रमा ३५–४० फिटसम्म छाल उठ्न सक्छ । मौसम विभागले कराँचीमा प्रणालीको निरन्तर निगरानी गरिरहेको छ।

सुजावल, बदिन, थारपार्कर र उमरकोट जिल्लामा जून १३ देखि १७ सम्म भारी वर्षाको चेतावनी जारी गरिएको छ । यति मात्र होइन, यी जिल्लाहरूमा ८०–१०० किलोमिटर/घण्टाको गतिमा हावा चल्ने सम्भावना रहेको छ । बलुचिस्तानमा तटीय क्षेत्रहरूमा धारा १४४ लागू गरिएको छ। सबै सम्बन्धित विभागका कर्मचारीको बिदा रद्द गरिएको छ, अस्पताललाई उच्च सतर्कतामा राखिएको छ ।

भारतीय मौसम विभागका अनुसार विपरजोयले जून १५ मा दिउँसो कच्छको तट पार गर्ने छ । जसको गति १२५–१३५ किलोमिटर प्रतिघण्टा हुने अनुमान गरिएको छ । कच्छ, देवभूमि द्वारका, पोरबन्दर, जामनगर, मोरबी, जुनागढ र राजकोट लगायत गुजरातका धेरै जिल्लाहरू जुन १४-१५ मा चक्रवातको चपेटामा आउनेछन्।
जुन १६ मा चक्रवात गुजरातको छेउमा रहेको राजस्थानको क्षेत्रतर्फ सर्नेछ । राजस्थानमा पनि भारी वर्षाको चेतावनी जारी गरिएको छ। चक्रवात प्रभावित क्षेत्रमा करिब १०० रेलहरू रद्द गरिएको छ।

बिपरजोयका कारण भारतको उत्तरपूर्वी राज्य, पश्चिम बंगाल, सिक्किम, राजस्थान, गोवा र महाराष्ट्रमा भारी वर्षाको सम्भावना छ। केरला र कर्नाटकमा पनि वर्षाको चेतावनी दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *