जापान सरकारले धेरै बच्चा जन्माउन मानिसहरूलाई प्रोत्साहन गर्दै
काठमाडौं । जापानले यहाँका मानिसहरूलाई बढीभन्दा बढी बच्चा जन्माउन प्रोत्साहन गरिरहेको छ र त्यसका लागि सहायता प्याकेज पनि घोषणा गरिएको छ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशको जन्मदरमा आएको तीव्र गिरावटलाई रोक्न विभिन्न नीतिहरू घोषणा गरेका छन् ।
पत्रकारहरुसँग कुरा गर्दै किशिदाले यो दशक जापानको बुढ्यौली जनसंख्यासँग जुध्ने अन्तिम मौका भएको बताए ।
घोषणा गरिएका नीतिहरू आगामी वर्षदेखि लागू हुनेछन् । यसमा बालबालिकालाई आर्थिक सहायता, आमाबाबुका लागि थप बिदा, बालबालिका हुर्काउने खर्चमा मद्दत गर्ने समावेश छ।
प्रधानमन्त्रीले मुलुकमा कर नबढाएर यो नीति कार्यान्वयन गर्न पहल गर्ने बताए । कतिपय विश्लेषकहरुले यो नीतिमा धेरै खर्च हुने भएकाले कार्यान्वयन हुनेमा विश्वस्त नरहेको बताउँछन् ।
प्रतिक्रिया
Facebook Comment