विपरजोय तुफानबाट बचाउन भारत र पाकिस्तानमा हजारौंलाई सुरक्षित स्थानमा सारियो

डिसी नेपाल
३१ जेठ २०८० १५:०५

काठमाडौं । भारत र पाकिस्तानमा विपरजोय आँधीको गम्भीर प्रभावलाई ध्यानमा राख्दै सम्भावित प्रभावित क्षेत्रबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

अरब सागरमा बनेको चक्रवात विपरजोय गुजरातको कच्छको तटीय क्षेत्रमा प्रवेश गर्ने भएको छ । यससँगै यो आँधी पाकिस्तानको सिन्ध प्रान्तको तटमा पुग्नेछ र कराँची सहरका केही क्षेत्र प्रभावित हुनेछन्।

भारी वर्षाका कारण भारतमा अहिलेसम्म सात जनाको मृत्यु भएको छ । गुजरात सरकारले तटीय क्षेत्रबाट ३८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले विद्युत् अवरुद्ध र बाढी आउन सक्ने चेतावनी दिएको छ । धेरै रेलहरू रद्द गरिएका छन्।

यसैबीच काण्डला र मुद्रा पोर्ट पूर्ण रुपमा बन्द गरिएको छ । कोस्ट गार्डले गुजरातको तटमा तेलका जहाजबाट ५० जनालाई सुरक्षित स्थानमा पुर्याएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *