मन परेको केटालाई खुसी पार्न हदैसम्म दुब्लाउँदा किशोरीको मृत्यु
काठमाडौं । एक १५ वर्षीया किशोरीले आफ्नो क्रशलाई खुसी पार्न सबै सीमा पार गरिन् । यसका लागि उनले सजाय पनि पाएकी छन् । आफ्नो मायाको मन जित्न उनले क्र्यास डाइटको सहारा लिइन् र आफ्नो कुल तौल २५ किलो बनाइन् । उनको तौल सामान्यभन्दा आधा घटेको थियो । जसका कारण उनको मृत्यु भएको हो । यो घटना चीनको हो । यस विषयमा सामाजिक सञ्जालमा निकै हंगामा मच्चिएको छ ।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार जियाओलिङ (नाम परिवर्तन गरिएको) ५ फिट ४ इन्च अग्ली थिइन्। २० दिनसम्म गहिरो कोमामा रहेपछि उनको मृत्यु भएको थियो । उनको तौल २५ किलो पुगेको थियो । उनको आईसीयू बेडमा सुतेको भिडियो पनि स्थानीय सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
उनले जनवरीमा चिनियाँ नयाँ वर्षको तेस्रो दिनबाट पानी खान सुरु गरेकी थिइन्। उनको उद्देश्य त्यो केटाको मन जित्ने थियो जसले जियाओलिङभन्दा पातला केटीसँग प्रेम गर्थे । यसले उनका आमाबाबुलाई धेरै चिन्तित बनायो। उनीहरूले पनि बुझाउन खोजे तर छोरीले मानिनन् ।
मृतक बालिकाका अभिभावकले उनलाई अस्पताल लैजान खोज्दा उनी गाडीबाट हाम फालेकी थिइन् । त्यसपछि कुनै न कुनै तरिकाले उनलाई अस्पताल पुर्याउन सफल भए तर उनलेले आफूलाई हानि पुर्याउन थालिन् र अस्पतालबाट भाग्ने प्रयास गरिन् ।
उनले मार्चको मध्यसम्म पानी मात्र पिइरहेकी थिइन् । उनले ५० दिनसम्म केही खाइनन् । जसका कारण उनी एनोरेक्सिया नर्भोसाबाट पीडित भइन् । उपचार नपाउँदा रोग बढ्दै गयो ।
मार्चमा अस्पतालमा भर्ना हुँदा उनी अचेत अवस्थामा पुगिन् । त्यसपछि अर्को अस्पतालमा सारियो। डाक्टरलाई थाहा थिएन उनको होश आउँछ कि आउँदैन । पछि जियाओलिङ कोमामा गइन् ।
डाक्टरले उनका आमाबुवासँग भने कि अब दुईवटा मात्र उपाय छ, या त छोरीलाई कोमामा राख्ने वा यो पीडाबाट छुटकारा दिने । सियाओलिङका अभिभावकले धेरै सोचेर उनको उपचार रोक्ने निर्णय गरे। यसपछि छोरीले संसारलाई सदाका लागि विदा गरिन् ।
Facebook Comment