नेटोमा स्वीडेनको सदस्यताको मुद्दामा अर्दोआनले के भने ?

डिसी नेपाल
३२ जेठ २०८० १६:४०

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले स्टकहोममा टर्की विरोधी प्रदर्शन नरोकेसम्म स्विडेनले नेटो सदस्यतामा अंकाराको अडानमा परिवर्तनको आशा गर्न नहुने बताएका छन्।

अर्को महिना नेटोका सदस्य राष्ट्रका प्रमुखहरुको बैठक बस्दैछ ।

अजरबैजानबाट फर्कने क्रममा राष्ट्रपति अर्दोआनले स्टकहोममा ‘चरमपन्थीहरू’ को विरोध जारी रहेसम्म टर्कीले नेटो सदस्यताका लागि स्विडेनको प्रस्तावप्रति सकारात्मक दृष्टिकोण राख्न नसक्ने उडानको क्रममा पत्रकारहरूलाई बताए।

राष्ट्रपति अर्दोआनले टर्कीको अडान स्विडेनी अधिकारीहरुसमक्ष फेरि एक पटक स्पष्ट गरिने बताए ।

राष्ट्रपति अर्दोआनको यो भनाइ टर्की, स्वीडेन, फिनल्याण्ड र नेटोका प्रतिनिधिहरु अंकारामा बुधबार वार्ता गर्न लागेका बेला आएको हो ।

यस कुराकानीको उद्देश्य स्वीडेनको सदस्यताको बारेमा टर्कीको आपत्ति हटाउनु हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *