लक्की मिडिया अवार्डकाे बैकिङ पार्टनर कृषि विकास बैंक

डिसी नेपाल
१ असार २०८० १३:०१

चितवन। चितवनमा हुन लागेको एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८० को लागि कृषि विकास बैंक लिमिटेड र लक्की मिडिया हाउस चितवनबीच सम्झौता भएको छ। कार्यक्रमको बैकिङ पार्टनरका लागि दुई पक्षबीच सम्झौता भएको हो।

कृषि विकास बैँक लिमिटेड प्रदेश कार्यालयका निर्देशक खुर्सेद अहमद, बरिष्ठ शाखा प्रमुख नुर प्रसाद गौतम, नारायणगढ शाखाका प्रवन्धक दिपक बराकोटी र लक्की मिडिया हाउसका महाप्रवन्धक हरि कार्की ‘लक्की’ बीच सम्झौता गरिएको छ।

चितवनमा हुन लागेको राष्ट्रियस्तरको कार्यक्रमलाई सफल बनाउनका लागि बैँकको तर्फबाट सहयोग गर्न पाउँदा आफुलाई खुसी लागेको कृषि विकास बैँक लिमिटेड प्रदेश कार्यालयका निर्देशक खुर्सेद अहमदले बताए। नेपालमा २८५ भन्दा बढी कार्यालय र शाखाहरुले सेवा दिदै आएको कृषि विकास बैँकले नेपाली कृषि क्षेत्रको उन्नतीका लागि किसानहरुको सारथीको रुपमा काम गर्दै आएको छ।

चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्न आयोजना गरिएको अवार्ड कार्यक्रमका लागि कृषि विकास बैँकको तर्फबाट बैंकिङ पार्टनको रुपमा गरिएको सहयोग प्रति लक्की मिडिया हाउसका महाप्रबन्धक कार्कीले धन्यवाद ज्ञापन गरे।

लक्की मिडिया हाउसले रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो, च्यारीटी शो, एकल साँझ, विभिन्न सांगितिक कार्यक्रमहरु, सम्मान कार्यक्रम गर्दै सिने क्षेत्रको प्रवद्र्धनका लागि काम गर्दै आइरहेको छ। लक्की मिडिया हाउसले चितवनमा गर्न लागेको अवार्ड वितरण कार्यक्रमको तयारीलाई तीव्र बनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *