प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, लिए शपथ

डिसी नेपाल
१ असार २०८० १७:५१

काठमाडौं । हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेसँगै उनी नियुक्त भएका हुन् ।

आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्कीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिएका छन् । उनी आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *