सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड (पूर्णपाठ)
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको बजेट प्रस्तुत गरेका छन्।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अगामी आर्थिक वर्षका लागि २९ बढिको बजेट प्रस्तुत गरेका हुन्। उनले चालु खर्चतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार र पुँजीगत खर्चतर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार विनियोजन गरेको बताए।
त्यस्तै अन्तर सरकारी वित्त हस्तान्तरण अन्तरगत २ अर्ब ३४ करोड ७५ लाख ७० हजार र वित्तिय व्यवस्थातर्फ ३० करोड हुनेगरी विनियोजनको व्यवस्था उनले बताए।
उनले खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट एक अर्ब ५० करोड , ९ अर्ब ४१ करोड , संघीय सरकारबाट राजश्व बाँडफाँड भएर प्राप्त हुने ६ करोड ५६ लाख, वित्तिय समानीकरण अनुदान ८ अर्ब ५२ करोड रहेको सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री शाहीले जानकारी दिए।
त्यस्तै चालु आर्थिक वर्षको विनियोजनबाट ३ अर्ब ८६ करोड ६७ लाख बचत हुने अनुमान गरिएको मन्त्री शाहीले बताए।
Facebook Comment