‘बोरिस जोन्सनले झूट बोले र संसदलाई भ्रमित गरे’
काठमाडौं । बेलायती सांसदहरूको छानबिन समितिले आफ्नो प्रतिवेदनमा पूर्व प्रधानमन्त्री बोरिस जोन्सनलाई झुट बोलेको, संसदलाई गुमराह गरेको र लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाएकोमा दोषी ठहर गरेको छ ।
जब बोरिस जोनसन प्रधानमन्त्री थिए, उनीमाथि कोभिड लकडाउनको क्रममा उनको आधिकारिक निवास १०, डाउनिंग स्ट्रीटमा पार्टी गरेको आरोप लगाइएको थियो। त्यसबेला एकै ठाउँमा धेरै मानिस भेला हुन रोक लगाइएको थियो ।
बोरिस जोनसनले आरोप अस्वीकार गरेका छन्। तर सांसदहरुले आफ्नो प्रतिवेदनमा उनले झुट बोलेको र छानबिन समितिलाई बहकाउने प्रयास गरेको दाबी गरेका छन् । जोनसनले गत साता मात्रै संसदको सदस्यताबाट राजीनामा दिएका थिए ।
जोनसनले राजीनामा नदिएको भए समितिले उनलाई ९० दिनका लागि निलम्बन गर्न सिफारिस गरेको छानबिन समितिले जनाएको छ । जोनसनले यो रिपोर्टलाई झुटो भन्दै यसमार्फत आफ्नो राजनीतिक करियर मार्ने प्रयास भइरहेको बताएका छन् ।
Facebook Comment