केदारनाथ मन्दिरको गर्भगृहमा जडित सुनबारे विवाद

डिसी नेपाल
२ असार २०८० १६:१०

काठमाडौं । केदारनाथ मन्दिरको गर्भगृहमा जडित सुनलाई लिएर जारी विवादबीच मन्दिर समितिले स्पष्टीकरण दिएको छ ।

केदारनाथ मन्दिर समितिका कार्यकारी अधिकृत बद्रीनाथले प्रेस नोट जारी गर्दै एक दाताले मन्दिरको गर्भगृहमा करिब २३ किलो सुन जडान गरेको बताए । यो सुनको हालको बजार मूल्य करिब १४ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

यस कार्यमा तामाको प्लेट पनि प्रयोग गरिएको मन्दिर समितिले जनाएको छ, जसको तौल करिब एक हजार किलोग्राम रहेको छ, जसको लागत २९ लाख रुपैयाँ छ ।

मन्दिरको गर्भगृहमा एक अर्ब पन्ध्र करोड रुपैयाँको सुन रहेको दाबी गरिएको समाचारलाई समितिले भ्रमपूर्ण भएको बताएको छ । मन्दिर प्रशासनले भने यसलाई अस्वीकार गर्दै आएको छ ।

यसका साथै यस्ता समाचार फैलाउनेलाई पनि समितिले कानुनी कारबाही गर्ने भएको छ ।

चारधाम महापञ्चायतका उपाध्यक्ष आचार्य सन्तोष त्रिवेदीले मन्दिरमा सुनको नाममा घोटाला भएको र मन्दिरमा जडित सुन अहिले पितलमा परिणत भएको आरोप लगाएका छन् ।

यी आरोपपछि केदारनाथ मन्दिर समितिले आफ्नो स्पष्टीकरण दिनुपरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *