ट्राफिक प्रहरी र अस्तव्यस्तता कम गर्ने उपाय
काठमाडाैंको ट्राफिकको समस्याको बारेमा मभन्दा बढी जानिफकार ट्राफिक प्रहरी नै रहेको कुरामा कुनै विवाद छैन। म ट्राफिक प्रहरीभन्दा बढी जान्ने हैन, एक चालकको हैसियतले ट्राफिक प्रहरीलाई यो पत्र लेखिरहेको छु।
हाल उपत्यकामा ट्राफिक प्रहरीको अग्रसरतामा ठाउँ ठाउँमा ट्राफिक लाइट जडान गरिएको छ। पछिल्लो समयमा यो ट्राफिक लाईट केवल महानगरपालिकाको मापडण्डमा ट्राफिक लाईटसहितको सुविधा सम्पन्न सडक हुनु पर्ने भनेको हुनाले मात्र ट्राफिक लाईटको जडान गरिएको हो कि भन्ने शंका हरेक उपत्यकावासीको मन मस्तिस्कमा उत्पन्न हुन थालेको छ।
यही शंका मेटाउनको निमित्त मैले चोक चोकमा रहेका दिन रात हावा पानी नभनी हामी उपत्यकावासीको सडक यात्रा सुमधुर र सुरक्षित पार्न प्रतिबद्ध रही आफ्नो कर्तव्य निर्वाह गर्ने हाम्रा ट्राफिक प्रहरीका दाजु भाइ दिदी बहिनीलाई भेटेर ट्राफिक लाइट जडित त गरियो तर यसको प्रयोग भने किन नगेरेको होला भनी जिज्ञासा राखेको थिएँ। उहाँहरुको जवाफ सुन्दा म निशब्द भएँ।
एकातिर राष्ट्रपतिको सवारीमा काठमाडाैंको ट्राफिक नै उथलपुथल गर्ने गरी “सवारी” को नाममा ट्राफिक रोकिने चलन हाल निर्वाचित राष्ट्रपतिले तोड्दासमेत ठूला बडा (नेता) हरुको सवारीको गतिमा ढिलाई नहोस् भन्ने हिसाबले ट्राफिक लाईटको प्रयोग नगरिने जानकारी मैले ट्राफिक प्रहरी दाजु भाइ दिदी बहिनीबाट पाएको छु।
नेपालको ट्राफिक प्रहरीले सञ्चालन गर्ने मा.प.से नियन्त्रण कार्यक्रम विश्वकै उत्कृष्ट मा.प.से नियन्त्रण कार्यक्रमको रुपमा चिनिँदै छ। यसले के प्रमाणित गर्छ भने, ट्राफिक प्रहरीले चाहेकोखण्डमा ट्राफिकको उचित व्यवस्थान गर्न सक्ने ट्राफिक प्रहरी एक अब्बल संस्था हो।
ट्राफिक लाइटको प्रयोग गर्दा ठूला बडाहरुसमेत उक्त लाईटमा कुर्नु पर्ने अवस्था आउने तर ट्राफिक लाईटको प्रयोग नगर्दा ट्राफिक प्रहरी र सवारीमा खटिएका सुरक्षाकर्मीहरु बीच रेडियो सेटबाट सम्पर्क गरी जुन दिशाबाट ठूलाबढा आउँदैछन् सो दिशाको मात्र सवारी छाड्ने चलन चलिआएको रहेछ।
यस कारण म मात्र नभएर सम्पूर्ण उपत्यकावासी नै एक न एक पटक दशौं मिनेटसम्म पनि ट्राफिक चोकमा आफ्नो पालो कुरेर बस्नुपरेको दृतान्त सबैसँग छ।
उपत्यकामा मात्र करिब ४ लाख ५० हजार (यो क्रम बढ्दो छ) सवारी साधन दर्ता भएका छन्। ट्राफिकको समस्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। कोही बिरामीले अस्पताल समेत समयमा पुग्न धौ धौ हुने परिस्थिति आइसकेको छ।
यसलाई पूर्णरुपमा व्यवस्थित गर्ने नीति नियमको कमी रहेको र ट्राफिक प्रहरीको नीति नियम बनाएर कार्यान्वयन गर्ने क्षमतामा रहँदासमेत उक्त क्षमतामा प्रश्न चिन्ह खडा भइराखेको छ।
यसको समाधान हुंदै नभएको भने होइन। ट्राफिक प्रहरी, महानगरपालिका र सम्बन्धित अन्य निकायहरुले उपत्यकाको हरेक चोकमा ट्राफिक लाईट जडान गरी नियमित (रातको समयमा समेत) प्रयोगमा ल्याउनु पर्ने समय आइसकेको छ।
हाल ट्राफिक प्रहरीले रिङ्ररोडमा ५० किमिभन्दा बढी गतिमा सवारी साधन चलाउनेलाई जरिवाना र ट्राफिकसम्बन्धि सानो तालिम समेतमा सगभागी हुनुपर्ने बाध्यात्मकक व्यवस्थाको सुरुवात गरेको छ।
यस व्यवस्थाको लागि म ट्राफिक प्रहरीलाई मन बाटनै धन्यबाद दिन चाहन्छु। यसले सवारी दुर्घटनालाई समेत न्युनिकरण गर्न टेवा पुग्छ। मा.प.से नियन्त्रण कार्यक्रमले ट्राफिकको खुबीलाई पुष्टि गर्छ।
नेपालको ट्राफिक प्रहरीले सञ्चालन गर्ने मा.प.से नियन्त्रण कार्यक्रम विश्वकै उत्कृष्ट मा.प.से नियन्त्रण कार्यक्रमको रुपमा चिनिँदै छ। यसले के प्रमाणित गर्छ भने, ट्राफिक प्रहरीले चाहेकोखण्डमा ट्राफिकको उचित व्यवस्थान गर्न सक्ने ट्राफिक प्रहरी एक अब्बल संस्था हो।
हाल उपत्यकामा सवारीको चाप बढ्दो छ। सवारीको चाप बढ्दो हुँदा ट्राफिक पहरीले ट्राफिक नियम तोड्नेलाई कडा निग्रानी गरी जरिवानासमेत तुरुन्त लागु गरेमा मात्र दिगो हुने र भविष्यमा जनमानसमा ट्राफिक सम्बन्धि जनचेतना समेत पलाउने थियो। यो सँगसँगै उपत्यकामा एकतर्फी बाटो यानी वान वे को आवश्यकता दिन प्रति दिन आकाशिँदै गइरहेको छ।
सिंगापुरमा पनि काठमाडाैंको जस्तै ट्राफिको समस्या थियो। अत्याधिक ट्राफिकको कारणले गर्दा सडकबाट यात्रा गर्न अत्याधिक समय लाग्ने र अनुमानित समयमा समेत आफू आफ्नो गन्तव्यमा नपुग्ने समस्या थियो। सो समस्याको समाधान एकतर्फी बाटो बन्न पुग्यो।
त्यस्तै उपत्यकामा समेत गोलो वा चत्रभुज आकारमा रहेको कुनै वडा, इलाका वा कुनै ठूलो कम्पाउन्डको वरिपरि एकतर्फी बाटो बनाएमा यसले समेत उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने थियो।
उदाहरणको लागि टुडिखेलको वरिपरी एक तर्फी बाटो बनाएको जस्तै सिंहदरवार, नारायणहिटी संग्राहलय, प्रहरी प्रधान कार्यालय, बालमन्दिर को वरीपरिको सडकमा एकतर्फी बाटो भनी अंकित गरेमा गन्तव्यसम्मको दूरी थोरै बढेता पनि सवारी व्यस्थापन गर्न निकै सहज हुने थियो भने तेलको समेत खपत हुने थियो।
तर यसको लागि ट्रफिक लाईट भने पूर्ण रुपमा प्रयोग मा ल्याउनु पर्ने हुन्छ। ठूलाबडाको लागि भनेर ट्राफिक लाइटको प्रयोग नगर्ने भन्ने विकल्प रहँदैन।
हालको लागि सबै सडक एकतर्फी गर्न नसकिने हुँदा प्रहरी प्रदान कार्यालय वा नारायणहिटी संग्राहलयबाट सुरुवात गरी यसको परीक्षण समेत गर्न सकिन्छ।
एकतर्फीबाटोको कमीले गर्दा ट्राफिक चोकमा ४ तिर बाट गाडी आउने र ट्रफिक लाइटको समेत प्रयोग नगर्ने हुँदा त्यहाँ चक्का जाम हुने, दशौं मिनेटसम्म पनि सो नखुल्ने, गरेको उदाहरणको बारेमा ट्राफिक प्रहरी जानिफकार रहेको कुरामा थप बिवेचना गरिरहनु पर्ने अवस्था छैन।
यसले गर्दा ट्राफिक चोकमा खटिएका जवानहरुको हालत समेत दयालाग्दो छ। घाम, पानी, हावा हुरी जे भएपनि त्यो जवान, ट्राफिक लाईटको कमी र एकतर्फी बाटोको कमीले कर्दा सडकको बीचमा उभिन बाध्य छ।
त्यो जवानले त्यस ट्राफिक चोकबाट शौचालय समेत जानुपरेको खण्डमा ट्राफिक अस्तव्यस्त हुन पुग्छ। कति प्रेसरले काम गरिराखेका होलान् ती जवानहरु। यस्तो हुँदा समेत आफ्नो कर्तव्य पालना गरी ट्राफिक व्यवस्थापन गर्ने ट्राफिक चोक मा खटिएका प्रहरीहरुलाई सलाम!
आधुनिकीकरण उच्चारण मात्र नगरौँ, ट्राफिक लाइट र क्यामेरासमेत को प्रयोग गरी ट्राफिक व्यवस्थापनमा साथै सडक व्यवस्थापनमा खटिएका आफ्नो जवानहरुको हित र उपत्यकाको सडक यात्रीहरूको हितको निमित्त ट्राफिक प्रहरीले महानगरपालिका तथा अन्य निकायहरूसँग समन्वयन गरी उपत्यकामा एकतर्फी बाटोलाइ बढावा दिने र महानगरको मापडण्ड बमोजिम ट्राफिक लाइट राख्नु पर्ने भएको कारणले मात्र नभएर साँचिकै ट्राफिक लाईटलाई प्रयोगमा समेत ल्याउने छ भन्ने आशा लेखकको मात्र नभएर समग्र उपत्यकावासीको छ।
लेखक अधिवक्ता हुन्।
Facebook Comment