ब्राजिलमा आँधीका कारण १३ जनाको मृत्यु, ८० हजार विस्थापित
बेइजिङ। ब्राजिलको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या कम्तीमा १३ पुगेको छ। आँधीका कारण हजारौं व्यक्ति विस्थापित भएका अधिकारीहरूले सोमबार बताएका छन्।
बिहीबार र शुक्रबार रियो ग्रान्डे डो सुल राज्यमा आएको आँधीका कारण १३ जनाको मृत्यु भएको छ भने अन्य तीन जना अझै सम्पर्कमा नआएको अधिकारीले बताए। मृत्यु हुनेमा एक चार महिनाको शिशु रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
साओ लियोपोल्डो शहरकी एक महिलाले आफ्नो नाम उल्लेख नगरिकन एस्टादाओ पत्रिकासँग भने, “घरभित्र हाम्रो कम्मरसम्म पानी आयो। अग्निनियन्त्रकहरू तुरुन्तै आए र हामीलाई डुंगामा चढाएर बाहिर निकाले । यसका लागि हामी ईश्वरप्रति आभारी छौँ।” उनले एउटा अकल्पनीय सपनाजस्तो घटना भएको बताइन्।
आँधीपछि आएको बाढीका कारण डुबानमा परेका सयौँ मानिसलाई हेलिकप्टरबाट पानी बाहिर निकालिएको छ। आँधीका कारण करिब पाँच हजार परिवार घरवारविहीन बनेका छन् भने झण्डै एक लाख व्यक्ति विद्युतीय सेवाबाट बञ्चित बनेका छन्।
बिहीवारदेखि शुक्रबारसम्म आएको चक्रवातका कारण जाखिममा रहेका करिब ८० हजार व्यक्तिलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ।
Facebook Comment