भारतको गुप्तचर संस्था रअको प्रमुखमा रवि सिन्हा नियुक्त
काठमाडौं । आईपीएस अधिकारी रवि सिन्हालाई भारत सरकारले रिसर्च एण्ड एनालिसिस विंग (रअ) को नयाँ प्रमुख नियुक्त गरेको छ। आईपीएस अधिकारी रवि सिन्हाले जुन ३० मा पदभार ग्रहण गर्नेछन्। अधिकारीहरूले सोमबार यो जानकारी दिए। हाल सामन्त गोयल रअ प्रमुख छन्।
‘वरिष्ठ आइपीएस अधिकारी रवि सिन्हा सोमबार भारतको गुप्तचर एजेन्सी रअको नयाँ प्रमुखको रूपमा नियुक्त भएका छन्’ कार्मिक मन्त्रालयको आदेशमा भनिएको छ।
जानकारीका अनुसार सन् १९८८ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) छत्तीसगढ क्याडरका सिन्हा हाल क्याबिनेट सचिवालयमा विशेष सचिवको रुपमा कार्यरत छन् ।
मन्त्रिपरिषद्को नियुक्ति समितिले सिन्हालाई दुई वर्षको कार्यकालका लागि रअको नयाँ प्रमुखमा नियुक्त गर्न अनुमोदन गरेको मन्त्रालयको आदेशमा उल्लेख छ ।
सिन्हाले ३० जुन २०२३ मा आफ्नो कार्यकाल पूरा गर्ने सामन्त कुमार गोयलको ठाउँमा पदभार ग्रहण गर्नेछन् छन् ।
Facebook Comment