टाइटनिक जहाज हेर्न गएको पनडुब्बी एटालान्टिक महासागरमा बेपता

डिसी नेपाल
५ असार २०८० ६:४१

काठमाडौं। टाइटानिक जहाज हेर्नका लागि गएको पनडुब्बी अचानक बेपत्ता भएकाे छ। साे जहाज बेपत्ता भए पछि उद्धार टोलीले एट्लान्टिक महासागरमा खोजी कार्य जारी राखेकाे छ।

पर्यटकलाई टाइटानिकको भग्नावशेषमा लैजान प्रयोग गरिदै आएकाे पनडुब्बी एट्लान्टिक महासागरमा हराएको तथा बेपत्ता भएकाकाे खोजी र उद्धार अभियान सुरु गरेको बोस्टन कोस्टगार्डले बीबीसीलाई बताए। बेपत्ता पनडुब्बीमा कति यात्रु सवार थिए भन्ने अझै खुल्न सकेको छैन।

टाइटानिकको भग्नावशेष क्यानडाको तटबाट ४०० नटिकल माइल टाढा एट्लान्टिक महासागरको मुनि ३,८०० मिटर तल छ। साे पानी जहाज अप्रिल १९१२ मा आफ्नो पहिलो यात्रामा आइसबर्गमा ठोक्किए पछि डुबेको थियो। सो जहाजमा रहेका २२ सय जना मध्ये ६०७ जना मात्र बाँचेका थिए। जुन जहाज १९८५ मा पत्ता लागेको थियो।

पछिल्ला वर्षहरूमा साना पनडुब्बीहरूवाट टाइटनिक जहाजको देखाउनका लागि पर्यटकहरूवाट पठाउन थालिएकाे थियाे। जसमध्येकाे कम्पनी ओसनगेट एक्सपिडिसनले प्रति यात्रु २ लाख ५० हजार युरो लिदैँ उनीहरूलाइ टाइटनिक जहाज देखाउँथे। तर, साेमबारदेखि साे जहाज बेपता छ।

सो कम्पनीले एक विज्ञप्तिमार्फत पुष्टि गर्दै भनेकाे छ, ‘हराइरहेको पनडुब्बीको स्वामित्व हाम्राे कम्पनीसँग छ, साे पनडुब्बीमा मानिसहरु छन्, जसकाे खाेजी भइरहेकाे छ।’

‘हामी चालक दललाई सुरक्षित रूपमा फिर्ता ल्याउन सबै विकल्पहरूको खोजी र परिचालन गरिरहेका छौं,’ साे कम्पनिले भनेकाे छ, ‘हाम्रो सम्पूर्ण फोकस पनडुब्बीमा चालक दलका सदस्यहरू र तिनीहरूका परिवारहरूमा छ।’

सो कम्पनिले अगाडी भनेको छ, ‘हामी चालक दलका सदस्यहरूको सुरक्षित फिर्ताको दिशामा काम गरिरहेका छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *