समाजवादी मोर्चा : अन्योलग्रस्त विप्लवको राजनीतिक अवतरण, झलनाथको असन्तुष्टि कायमै

बाबुरामलाई बहिर्गमन गराउँदै उपेन्द्रको आगमन

शरद रिजाल
५ असार २०८० १२:२९

काठमाडौं। सोमबार राष्ट्रियसभा गृहबाट घोषणा गरिएको समाजवादी मोर्चा गठनमा आवद्ध दलहरुका आआफ्नै स्वार्थ जोडिएको छ। अलग राजनीतिक पृष्ठभूमि भएका दलहरुको सहभागीतामा गठन गरिएको समाजवादी मोर्चाको औचित्यमाथि प्रश्न उठेको छ।

सोमबार सत्तारुढ माओवादी केन्द्र, माधव नेपालको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जसपा र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा घोषणा गरिएको छ।

यसको गठनको बहस भएदेखि नै योजनाकार रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अन्तिचम समयमा सहभागी भएनन्।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो योजना अनुरुप बनेको समाजवादी मोर्चामा आफूलाई लत्याइएपछि सामाजिक सञ्जालमा व्यंग्यपरक टिप्पणी गरेका थिए।

उनले सामाजिक सञ्जालमा कोइलीको आवाजसहितको भिडियो पोष्ट गर्दै लेखेका थिए, ‘गुँड लगाउने काग! फुल पार्ने र गाउने कोइली! प्रकृतिको कस्तो लीला!’

राजनीतिक रुपमा अन्योलता छाएको विप्लव नेतृत्वको नेकपा अन्योलग्रस्त बनेको छ। क्रान्तिको तयारी भन्दै विभाजित भएको लामोसमय पछि पनि उनको पार्टीले उल्लेख्य प्रगति हासिल गर्न सकेन। उनको राजनीतिक दूरावस्थालाई मध्यनजर गर्दै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले माओवादीमा ल्याएर महासचिव बनाउने सम्मको योजना छ।

उनको असन्तुष्टिसँगै अन्य केही नेताहरुका सार्वजनिक टिप्पणीसमेत सार्वजनिक हुन थालेका छन् मोर्चा स्थापनामै नेताहरुको असन्तुष्टिका स्वरहरु सुनिएका छन्।

शीर्ष तहकै कतिपय नेताहरु मोर्चा गठनको औपचारिक घोषणामा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल सन्तुष्ट थिएनन्। सोमबार बिहान कार्यक्रममा सहभागी नहुने बताएका खनाल घोषणासभामा उपस्थित भएपनि केही असन्तुष्टिका भाव भने व्यक्त गरेका थिए।

उनको सचिवालयले बिहानै कार्यव्यस्तताको कारणले खनाल मोर्चाको घोषणा सभामा सहभागी नहुने सार्वजनिक गरेको थियो। तथापि कार्यक्रममा सहभागी भएका उनले मोर्चाको औचित्यमाथि प्रश्न उठाउँदै सत्ता बार्गेनिङको अस्त्रका रुपमा प्रयोग नगर्न दलहरुलाई सचेत गराएका थिए।

अहिलेको मोर्चाको सबैभन्दा बढी आवश्यकता र औचित्य नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई खट्किएको र उनकै राजनीतिक दिशाहीनतालाई अवतरित गर्न मोर्चा गठनको पहल गरिएको माओवादीका एक नेता बताउँछन्।

राजनीतिक रुपमा अन्योलता छाएको विप्लव नेतृत्वको नेकपा अन्योलग्रस्त बनेको छ। क्रान्तिको तयारी भन्दै विभाजित भएको लामोसमय पछि पनि उनको पार्टीले उल्लेख्य प्रगति हासिल गर्न सकेन।

उनको राजनीतिक दुरावस्थालाई मध्यनजर गर्दै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले माओवादीमा ल्याएर महासचिव बनाउने सम्मको योजनामा रहेको माओवादी स्रोत बताउँछ।

लामो समयदेखि विप्लवलाई पार्टीमा भित्र्याउन प्रयासरत रहेका माओवादी केन्द्रका महराले निकै जोडबल गरेका थिए। यद्यपि उनको प्रयत्न आज पनि जारी छ।

माओवादी केन्द्रमा खस्कदो सांगठनिक अवस्थाले आक्रान्त बनेका नेताहरु विप्लको पार्टीमा पुनरागमन भए पार्टीले फेरि गति लिने नेताहरुले अपेक्षा गरेका छन्।

उनीहरुको सोही अपेक्षालाई मूर्तरुप दिन समाजवादी मोर्चामार्फत विप्लवलाई संसदीय राजनीतिमा अवतरण गराउने प्रयत्न स्वरुप मोर्चा गठन गरिएको नेताहरु बताउँछन्।

माओवादीमा लामो समयदेखि सशक्त नेताको छवि बनाएका विप्लव २०६९ सालमा तत्कालीन अवस्थामा रहेको एकीकृत नेकपा माओवादीबाट मोहन वैद्यसँगै बाहिरिएका थिए। प्रचण्ड नेतृत्वको पार्टीबाट बाहिरिएको केही वर्षमै आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गर्न पुगे।

वैद्यको नेतृत्वमा क्रान्ति सम्भव नभएको दाबी गर्दै आफैंले नयाँ पार्टी गठन गरेर नयाँ कार्यदिशा एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी यात्रा तय गरेको उनले घोषणा गरेका थिए।

हिंसात्मक गतिविधि गर्दै धनजनको क्षति पुर्‍याउन थालेपछि तत्कालीन नेकपाकालमा केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८मा प्रतिबन्ध लगाएको थियो।

प्रतिबन्धको दुई वर्षको अवधिमा उनको पार्टीका अधिकांश नेता कार्यकताहरु गिरफ्तार हुन थाले। सरकारको प्रतिबन्ध पछि उनको पार्टी रक्षात्मक अवस्थामा पुग्यो।

अन्ततः ओली सरकारसँग वार्तामाफृत शान्तिपूर्ण राजनीतिक यात्रामा आउने उद्घोष गर्दै वार्ताको पहल गरेका थिए। सरकार र उनको पार्टीबीच भएको वार्तापछि उनको.दलमाथिको प्रतिबन्ध हटाइएको थियो।

२०७७ फागुन २० ओली सरकारबाट प्रतिबन्ध फुकुवा गर्दै २१ गते तीन बुँदे सहमति सार्वजनिक गर्दै दुई वर्षे भूमिगत जिीवनपछि विप्लव सार्वजनिक भएका थिए।

उनको भूमिगत काल र त्यस अगाडि उनको पार्टीका १२ जना नेता कार्यकर्ताहरुको राज्य पक्षबाट मारिएका छन्। कतिपय हिंसात्मक घटनामा सामेल आन्तरिक दुर्घटना भएर विस्फोटक पदार्थ पड्कदा निधन भएको थियो।

त्यसयता उनले अंगीकार गरेको नयाँ राजनीतिक यात्रामा थप अन्योलता बढेको थियो। गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा सहभागीताबारे पार्टीमा मतभेद हुँदा विभाजन समेत हुन पुग्यो।

पार्टीबाट हेमन्त प्रकाश वली र धर्मेन्द्र बास्तोला विप्लवको स्थानीय तहको निर्वाचनमा सहभागीतालाई लिएर पार्टीले संसदीय व्यवस्थामा प्रवेश गर्न थालेको भन्दै चुनाव उपयोगप्रति असहमति जाहेर गरेका थिए।

तीव्र मतभेद र असहमति पछि अन्ततः विप्लव नेतृत्वको नेकपा विभाजित बन्न पुग्यो। स्थानीय निर्वाचनमा उचित स्थान लिन नसकेको उनको पार्टीले राजनीतिक आकार ग्रहण गर्न सकेन।

उनको पार्टीले एकातिर विद्रोह मार्फत शक्ति आर्जन गर्न सकेन र अर्कोतिर संसदीय राजनीतिमा उपयुक्त स्थान पनि नबन्दा राजनीतिक रुपमा अकर्मण्यताको सिकार बनेको थियो।

माओवादी जनयुद्ध, पार्टी विभाजन हुँदै दुई वर्षे भूमिगत जीवन समेत व्यतित गरेका उनलाई संदीय राजनीतिमा अन्तर्घुलन गराउँदै माओवादी केन्द्रमा समाहित गराउनकै लागि समाजवादी मोर्चाको अवधारणा आएको बताइएको छ।

उनलाई माओवादीमा समाहित गर्ने योजना मुताविक प्रचण्डको पहलमा समाजवादी मोर्चामा सहभागी बनाउँदै पार्टीमा ल्याउने तयारी रहेको माओवादी स्रोत बताउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *