बारूद कारखानामा विस्फोट, ४ जनाको मृत्यु
मस्को। रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा मङ्गलबार भएको बारूद कारखानामा विस्फोटबाट भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएका छन्।
कोटोभस्क शहरमा रहेको बारूद कारखानाको भवनमा विस्फोट भएको हो। विस्फोटबाट लागेको आगो केही समयपछि निभाइएको तास समाचार एजेन्सीले जनाएको छ।
“मानवीय त्रुटिका कारण उक्त घटना भएको थियो। म कुनै शंका नगरी भन्न सक्छ- यो आतङ्कवादी हमला थिएन। यदपि त्यहाँ कुनै हताहती भने भएन,” ताम्बोभ क्षेत्रका प्रमुख म्याक्सिम येगोरोभले भनेका छन्।
उनले दुर्घटनाबाट प्लान्टका कामदार वा छिमेकी बस्तीका बासिन्दाहरूलाई कुनै पनि कुराले खतरा नरहेको बताएका छन्।दुर्घटना बारे छानबिन भइरहेको छ।
प्रतिक्रिया
Facebook Comment