गाेरखामा जीप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु

गोरखा। गोरखामा गए राति जन्ती जीप दुर्घटनमा परेको छ।
शहिद लखन गाउँपालिका-३ सिलिङ कोटगाउँबाट शहिद लखन गापा-५ पोखरी डाडाँ जन्ति फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा जीप दुर्घटना भएको प्रहरीले जनाएकाे छ।
सहिद लखन गाउँपालिका ३ स्थित चिलिङकोटमा प्रदेश नंं ३, ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना हुदाँ पाँच जनाकाे मृत्यु भएकाे हाे।
राति १ बजेको आसपासमा दुर्घटनामा परेको सो जीपमा १९-२० जना सवार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेका अनुसार सो जीपमा सवार घाइते १२ जनालाई भने आबुखैरेनी अस्पतालमा लगिएको छ।
बिहेको लागि टिकोटालो गरेर फर्किने बितिक्कै केटा पक्षको जिप दुर्घटनामा परेको जनाइएकाे छ। बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर मात्रै अगाडी पुगे पछि सो जीप दुर्घटनामा परेको थियो। मृतककाे पहिचान खुल्न बाँकी छ।
-यसअघि ६ जनाकाे मृत्यु भएकाे भन्ने समाचार क्षमायाचनासहित सच्याइएकाे छ। -सं
Facebook Comment