शीत कर्ण पुरस्कारबाट कोइराला पुरस्कृत
काठमाडाैं। शीत काव्य समाज नेपालले तेस्रो वार्षिकोत्सव पाल्पा र काठमाडौंमा भव्यताकासाथ मनाएको छ। यसै कार्यक्रममा शीत काव्य समाज नेपालले प्रदान गर्ने
शीत कर्ण पुरस्कारद्वारा पाल्पाली साहित्यकार शीत अभियन्ता नारायण कोइराला पुरस्कृत भएका छन् ।प्रथम शीत ईश्वर कृष्णबहादुर के.सीले स्व: बुबा कर्णबहादुर केसीको स्मृतिमा स्थापना गरेका शीत कर्ण पुरस्कार यस अगाडि शीत कर्ण पुरस्कारबाट शीत साधक देवेन्द्र राज शाक्य, शीत ईश्वर इन्दिरा ज्ञवाली रशीत ईश्वर शारदा ढकाल पुरस्कृत भैसक्नु भएकाे छ।यसकाे राशी पाँच हजार नगद, सम्मान पत्र र दाेसल्ला रहेकाे छ।
को हुन् ‘शीत कर्ण ‘ पुरस्कारबाट सम्मानित कोइराला?
विक्रम संवत २०३४साल कार्तिक ८ गते पाल्पा जिल्ला त.न.पा ७ लामडाँडामा मातापिता हरिकला कोइराला र भुवन प्रसाद कोइरालाका साहिला सुपुत्र हुन्। सामान्य किसान परिवारमा पाँच दिदीबहिनी र पाँचै दाजुभाइ मध्यका साहिला छोरा कोइरालाको बाल्यकाल अति संघर्षमय थियो।
अभावसँग लड्दै पढाइ जारी राखेका कोइरालाले सरस्वती माध्यमिक विद्यालयबाट कक्षा दस सम्मको पढाइ पूरा गरेका छन् भने त्रिभुवन बहुमुखी क्यापस तानसेनबाट आईकम पास गरेका हुन्।
आर्थिक समस्याले सताएपछि पढाइ बीचमै छोडेर भारतहुँदै खाडी मुलुक युएई पुगेपनि सानै देखि साहित्यमा रुचि राख्ने कोइरालाको पहिलो लेखाई कविता हो। जुन कक्षा आठमा रेडक्रस संबंधित थियो।
पहिलो कविताले विद्यालय स्थरमा दोस्रो स्थान पाएको थियो। जसले कोइरालालाई साहित्यमा लाग्न हौसला दियो। नाटक र कवितामा रुचि भएपनि पछिल्लो समयमा कथा, लघुकथा विधामा पनि राम्रो दखल रहेको छ।
साहित्यिक यात्राको क्रममा उनका दुई कृति पनि प्रकाशित छन्। कालो पर्दा नाटक २०५५ र मरूभूमिमा विस्फोट लघुकथा संग्रह २०७८ उनका प्रकाशित कृति हुन्।
Facebook Comment