मेटाले Httpool by Aleph लाई नेपालमा बिक्री साझेदारको रूपमा चयन
काठमाडौँ। फेसबुकको मूल कम्पनी मेटाले नेपालमा Httpool by Aleph लाई आफ्नो आधिकारिक बिक्री साझेदारको रूपमा चयन गरेको छ।
अषाढ ०३ (१८ जुन) गते आइतवार प्रतिष्ठित सोल्टी होटलमा सम्पन्न एक समारोहमा मेटा र Httpool by Aleph ले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरि यो घोषणा सार्वजानिक गरेका थिए। कार्यक्रममा नेपालका विज्ञापन विशेषज्ञहरू, विभिन्न व्यवसायका शीर्ष अधिकारीहरू र डिजिटल मिडिया पेशेवरहरू सहित विभिध उद्योग र पृष्ठभूमिका लगभग २०० सहभागीहरुको उपस्थिती रहेको थियो।
नेपालमा मेटाको अधिकारिक आगमन सँगै अब स्थानीय विज्ञापनदाताहरू र एजेन्सीहरूलाई व्यापार विस्तार, आन्तरिक समर्थन, रणनीतिक मार्गदर्शन, क्रस्स्-बोर्डर बिलिङ्ग र अन्य Meta उत्पादनहरूमा आवश्यक सहयोग प्रदान हुनेछ।
Httpool by Aleph, मेटाको आधिकारिक बिक्री साझेदारीको रूपमा १८ भन्दा अधिक बजारहरुमा आफ्ना अध्ययन र उत्पादनहरु प्रयोग गरी तत्परताका साथ प्रयोगकर्ताहरूलाई परिणाम दिईरहेको निश्चित इतिहास छ। नेपालमा पनि Httpool by Aleph ले सीधा सम्पर्क बिनाका साना तथा ठूला प्रयोगकर्ताहरु र विज्ञापनदाताहरुलाई Meta ले प्रदान गरिरहेको अधिक्तम उत्पादनहरु, एपहरु र सेवाहरुको फाईदा लिन सक्षम पार्नेछ।
डिजिटल प्रयोगकर्ताको बढ्दो र विकासशील वातावरणमा नेपालमा डिजिटल विज्ञापनको उन्नत अवसर छ जसमा पहिले नै ब्रान्डहरूले क्षेत्रीय बजारहरू जितिरहेको छन्। यसको अतिरिक्त, गतिशील रूपमा बढ्दो इ-कमर्स बजार र डिजिटल रूपमा परिपक्व अनि विकसित सम्भावनाको रूपमा नेपालमा एग्रीगेटर साइटहरू, भुक्तानी साधनहरू, र ई-कमर्स प्रदायकहरू पहिले नै अगाडि छन् र अन्य ई-कमर्स व्यवसायहरूको उदयलाई सक्षम बनाउँदैछन् । बढ्दो डिजिटल एजेन्सीको दृश्य धेरै व्यावसायिक छ, जसले स्थानीय बजारमा मात्र नभई अभियान व्यवस्थापन, प्रचार प्रबन्धन, सल्लाहकारी सेवाहरू, र परामर्श सेवाहरू पनि निर्यात गर्दछ।
काठमाडौंमा स्थानीय रूपमा सञ्चालन गर्दै आएको Httpool by Aleph को आज नेपालमा बलियो टोली छ। यसले नेपालभरका ब्रान्ड र विज्ञापनदाताहरूका लागि आधिकारिक र राष्ट्रिय दुवै भाषामा सेवा र समर्थन प्रदान गर्न उत्कृष्ट प्रविधिहरू र प्रक्रियाहरू प्रयोग गर्छ।
अझ विज्ञापनकर्ताले खुशी हुनुपर्ने कुरा के छ भने, Httpool ले नेपाली मुद्रामा फेसबुक विज्ञापन गर्ने बाटो जोडीदिएको छ जसले व्यवसायीहरूलाई कारोबार गर्न सजिलो बनाउनेछ। कार्यक्रमले डिजिटल विज्ञापनको संसारमा अग्रणी रहेका उद्योगीहरुबाट अमूल्य अन्तर्दृष्टिहरू जस्तै नयाँँ रणनीतिहरू, उत्कृष्ट अभ्यासहरू, र वास्तविक जीवन अध्ययनहरू प्राप्त गर्ने अनौठो अवसर प्रस्तुत गर्यो।
सन्नी नागपाल, Httpool by Aleph का प्रबन्ध निर्देशकको अनुसार, “Httpool by Aleph, नेपालको लागि आधिकारिक पुनर्विक्रेताको रूपमा विज्ञापनदाताहरूलाई आन्तरिक सहयोग र मार्गदर्शन प्रस्तुत गर्नेछ। हामी विज्ञापनदाताहरूलाई नयाँ सीपहरू सिक्न मद्दत गर्ने र Meta ले प्रदान गरेको सुबिधालाई अधिकतम बनाउन मद्दत गर्न विभिन्न क्षेत्रमा कार्यशालाहरू र प्रशिक्षण प्रदान गर्नेछौँ।”
समारोहमा Aleph को तर्फबाट Httpool का प्रबन्धक टोली र पाँच स्थानीय उद्योग विशेषज्ञहरूले डिजिटल विज्ञापनमा नेपालको उज्ज्वल भविष्यलाई लिएर आफ्नो गहन छलफल, ज्ञान र अन्तरदृष्टि साझा गरे।
अन्त्यमा, अधिकृत विक्री साझेदारीसहितको पहिलो चरणको यो कार्यक्रम नेपालका विज्ञापनकर्ताहरूका लागि एउटा महत्त्वपूर्ण कोसेढुङ्गा थियो।
अन्त्यमा, अधिकृत विक्री साझेदारीसहितको पहिलो चरणको यो कार्यक्रम नेपालका विज्ञापनकर्ताहरूका लागि एउटा महत्त्वपूर्ण कोसेढुङ्गा थियो। Httpool by Aleph, नेपालमा Meta कम्पनिको बिस्तारित् बिक्रेता हो, जसले माझौला विज्ञापनकर्ताहरू र एजेन्सीहरूलाई स्थानीय सहयोग, रणनीतिक दिशा र विशेषज्ञतालाई प्रदान गरेर उनीहरूको व्यापारिक लक्ष्यहरूलाई साध्य गराउने छ।
कार्यक्रमले डिजिटल विज्ञापनमा नवीनतम प्रवृत्ति र आविष्कारहरूमा बहुमूल्य अन्तर्दृष्टी प्रदान गर्यो, र उपस्थितहरूको सकारात्मक प्रतिक्रियाले यसको सफलताको प्रमाण दिन्छ। दुई ठूला संस्थानहरूको संयुक्त विशेषज्ञताको साथ, Meta र Httpool by Aleph विज्ञापन उद्योगमा विकास, वृद्धि र नवीनता जारी राख्न तयार छन्।
Httpool को बारे
Httpool by Aleph, Aleph को क्षेत्रीय कम्पनीहरूको विश्वव्यापी विस्तारसँगै, APAC र १३० भन्दा बढी देशहरूमा अग्रणी डिजिटल मिडिया प्लेटफर्महरूको प्रतिनिधि हो जो ती कम्पनीहरुको परिणामलाई सर्वेक्षण, विकास र वृद्धि गर्ने गर्दछ।
हामी विभिन्न देशहरुको नयाँ तथा अवस्थित बजारहरूमा उद्योग पेशेवरहरू र प्लेटफर्म विशेषज्ञहरूको समर्पित स्थानीय टोलीहरू हाम्रा साझेदारको रूपमा लिन्छौँ। र हाम्रा अनुभवी विशेषज्ञहरूले स्थानीय विज्ञापनदाताहरूसँग हातमा हात मिलाएर काम गर्दछन्, साथै उनीहरूलाई डिजिटल अभियानहरूको सिर्जना र कार्यान्वयनमा शिक्षा, प्रशिक्षण अनि सहयोग गर्ने गर्दछन्।
Httpool ले स्वामित्व प्रविधि, कार्यसम्पादन समाधान, र व्यापक बजार ज्ञानको एक नवीन सेटको साथमा असीमित क्रस-बोर्डर क्रेडिट र भुक्तानी प्रदान गर्दछ जसको द्वारा विज्ञापनदाताहरूलाई उनीहरूको ROI (Return-On-Investment) लाई निरन्तर रूपमा अधिकतम प्रभावकारी तरिकामा जोड्न सक्षम बनाउँछ। हामी विज्ञापनदाताहरूलाई नयाँ उचाइ र नयाँँ लक्ष्य प्राप्त गर्न विश्वव्यापी रूपमा फैलिएको नेटवर्कहरूमा स्थापित साझेदारी मार्फत नेतृत्व गर्छौं।
Meta लगायत विश्वका प्रमुख मिडिया समुदायमा आधारित प्लेटफर्महरूले Httpool by Aleph लाई चुनिएका क्षेत्रहरूमा आफ्नो नामित विज्ञापन बिक्री साझेदारको रूपमा रोजेका छन्। Aleph ले करिब १३० देशहरुमा ४५ भन्दा बढी प्रमुख अन्तर्राष्ट्रिय स्तरको कम्पनिहरुको प्रतिनिधित्व गर्दछ भने हाम्रो टिम ६०+ भाषाहरुमा हजारौँ व्यवसायहरु सँग हर समय-हरदम काम गर्न तयार र तत्पर छ। यस लगायत हामी विश्वका प्रख्यात सामाजिक सञ्जाल दिग्गजहरूलाई विज्ञापन अनि ४९ स्थानीय मुद्राहरूमा क्रस-बोर्डर भुक्तान गर्ने कामलाई व्यवस्थापन गर्छौं।
त्यसैले हामी भन्छौँ – हरेक बजारको आफ्नै रूप, गूण र खुबी हुन्छ। र Httpool by Aleph सँग तपाईं पनि यो बजारमा आफ्नो स्थायित्व कायम गर्न सक्नुहुनेछ।
मेटाको बारे
मेटा एक विश्वव्यापी समुदायमा फिँजिएको संस्थान हो जसले संसारको कुनामा बसेका मानिसहरुलाई नजिक ल्याउने र विभिन्न क्षेत्रका व्यवसायीहरुलाई बढावाको साधन दिने गर्दछ।
जब फेसबुक 2004 मा सुरु भयो, यसले मानिसहरूलाई जडान गर्ने तरिका परिवर्तन गर्यो। मेसेन्जर, इन्स्ताग्राम र ह्वाट्स एप जस्ता एपहरूले विश्वभरका थप अर्बौंलाई अझ सशक्त बनायो। अब मेटा, 2D स्क्रिनहरू भन्दा बाहिरका सामाजिक प्रविधिमा अर्को विकास निर्माण गर्न मद्दत गर्नको लागि संवर्धित र भर्चुअल वास्तविकता जस्ता नविन यन्त्रहरु तर्फ अघि बढिरहेको छ।
Facebook Comment