चीनसँगको सम्बन्ध अतुलनीय : न्युजिल्याण्डका प्रधानमन्त्री

डिसी नेपाल
१४ असार २०८० १३:४४

बेइजिङ। चीनसँगको सम्बन्ध न्युजिल्यान्डका लागि अतुलनीय रूपमा महत्त्वपूर्ण रहेको न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले बताएका छन्। चीन भ्रमणमा रहेका क्रिसले बेइजिङमा आयोजित कार्यक्रममा बुधबार दुई देशबीच निकै रचनात्मक र सकारात्मक सम्बन्ध रहेको उनले बताएका छन्।

सिन्ह्वाले सोधेको प्रश्नको उत्तर दिदै “न्युजिल्यान्ड र चीन सम्बन्ध न्युजिल्यान्डका लागि अविश्वसनीय रूपमा महत्त्वपूर्ण” रहेको धारणा राख्नु भएको हो। “हाम्रो सम्बन्धलाई हामीसँग सम्झौता भएका क्षेत्रहरू र हाम्रा साझा चासोहरूद्वारा व्यापकरूपमा परिभाषित गर्न सकिन्छ,” उनले भने।

कोभिड-१९ को महामारीबाट बाहिर निस्किँदै न्युजिल्यान्डले चीनसँग आर्थिक गतिविधि पुन: स्थापना गर्नु प्राथमिकतामा रहेको हिपकिन्सले बताएका छन्। प्रधानमन्त्री हिपकिन्सले भने- “चीन पहिले देखिनै न्युजिल्याण्डको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएकाले द्विपक्षीय व्यापारलाई अझ विस्तार गर्ने आशा राखेको छ।”

चीनसँगको व्यापारको दायरा विस्तार गर्ने सम्भावनाको बारेमा उत्साहित हुँदै उनले भने- द्विपक्षीय शिक्षा सम्बन्ध “धेरै राम्रो” रहेको र दुई देशबीचको शिक्षा सहयोगलाई थप बढावा दिन तत्पर रहनुपर्छ जसबाट दुवै देश लाभान्वित हुन सकून्।

“हामी विश्वमा उत्कृष्ट पर्यटकीय अनुभवहरू प्रदान गर्दछौं। हामीसँग सुन्दर देश छ र हामी विश्वभरका मानिसहरूसँग साझेदारी गर्न चाहान्छौं,” हिपकिन्सले भने, “चिनियाँ पर्यटकहरूको सङ्ख्या देखेर हामी धेरै उत्साहित छौं। यो सङ्ख्या निरन्तर बढ्दै गएको छ।”

प्रधानमन्त्री हिपकिन्स जुन २५ देखि ३० सम्म चीनको भ्रमणमा छन्। यस अवधिमा उनले उत्तरी चीनको बन्दरगाह शहर टियाङ्जिनमा समर डाभोस फोरम भनेर चिनिने नयाँ च्याम्पियनहरूको १४ औं वार्षिक बैठकमा भाग लिदै छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *