धान दिवसमा कर्णालीमा सार्वजनिक बिदा, जुम्लामा भने नहुने

सुर्खेत। कर्णाली प्रदेश सरकारका नौ जिल्लामा आज सार्वजनिक बिदा दिईएको छ ।
धान दिवसको अवसरमा जुम्लाबाहेक कर्णाली प्रदेशका बाँकी जिल्लामा सार्वजनिक बिदा दिईएको हो ।
गत चैत २९ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार असार १५ मा राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिईएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया
Facebook Comment