प्रदेश समृद्ध हुन नागरिकको आर्थिक अवस्था सुधारिनुर्छः मुख्यमन्त्री चौधरी
रामपुर (पाल्पा)। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश समृद्ध बन्नका लागि नागरिकको आर्थिक अवस्थामा सुधार आउनुपर्ने बताएका छन्।
नागरिकको आर्थिक अवस्था सुधार गर्नका लागि प्रदेश सरकार रोजगारमूलक कार्यक्रममा केन्द्रित भएको उनले बताए।
आइतबार नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले विपन्न, महिला, आदिवासी, जनजातिको जीवनस्तर नसुुधारिएसम्म मुलुकले आर्थिक विकास गर्न नसकिने बताएका हुन्
उनले आर्थिक समृद्धिका लागि रोजगारमूलक कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी आर्थिक वर्षदेखि रोजगार सिर्जना गर्ने गरी कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । खेती लगाउने समयमा रासायनिक मलको अभावको समस्याले किसान हैरानीमा परेको हँुदा यस विषयमा प्रदेश सरकार संवेदनशील रहेको र सहजरूपमा मलको व्यवस्थापन गर्न माथिल्लो निकायमा जानकारी भइरहेको मुख्यमन्त्री चौधरीको भनाइ थियो ।
पाल्पाको विकासको मुख्य मेरुदण्ड पर्यटन रहेकाले पर्यटन विकासका लागि लुम्बिनीदेखि पाल्पा, पोखरा हुँदै मुक्तिनाथसम्म जोडिने गरी बुुद्ध सर्किटको रुट बनाउन लागेको समेत मुख्यमन्त्री चौधरीले जानकारी गराए । तानसेनमा प्रदेश सरकारले निर्माण गरेको सांस्कृतिक डबली अब छिट्टै तानसेन नगर सरकारलाई हस्तान्तरण गर्ने तयारी भएको उनको भनाइ थियो ।
Facebook Comment