फ्रान्सकाे हिंसा स्विजरल्याण्ड र बेल्जियमसम्म पुग्याे
पेरिस। फ्रान्समा किशोरी नाहेल एमको हत्यापछि सुरु भएको हिंसा पाँचौं दिन पनि जारी रह्यो। देशमा आन्दोलन जारी छ।
प्रहरीले दंगामा संलग्न ७१९ जनालाई पक्राउ गरेको छ। सोही क्रममा हिंसा नियन्त्रणका लागि केही दिनदेखि खटिएका करिब ४५ हजार प्रहरीमध्ये ४५ प्रहरी कारबाहीका क्रममा घाइते भएका छन्। फ्रान्सको आन्तरिक मन्त्रालयले रातारात ७१९ जना पक्राउ परेको पुष्टि गरेको छ। जबकि शुक्रबार राति १ हजार ३ सय पक्राउ परेका छन्।
यसैबीच फ्रान्समा हिंसाको प्रतिध्वनिका बीच छिमेकी स्विट्जरल्याण्ड र बेल्जियममा पनि अशान्ति देखिएको छ। शनिबार स्वीस सहर लुसेनमा धेरै पसलका झ्यालहरू ताेडिएकाे प्रहरीले जनाएको छ। जवानहरूलाई तितरबितर गर्न अधिकारीहरूले बल प्रयोग गरेका छन्। युवाहरूले पसलहरूमा ढुंगा र मोलोटोभ ककटेल हानेका छन्।
यसैबीच बेल्जियमको राजधानी ब्रसेल्समा पनि करिब एक दर्जन व्यक्तिलाई पक्राउ गरिएको छ । धेरै ठाउँमा लागेको आगो नियन्त्रणमा आएको छ।
Facebook Comment