प्रसिद्ध बडिबिल्डर जो लिंडनरको ३० वर्षको उमेरमा अचानक निधन
काठमाडौं । जर्मन बडीबिल्डर तथा युट्युब स्टार जो लिन्डनरको ३० वर्षको उमेरमा निधन भएको छ । लिन्डनरको मृत्यु पछि उनका साथी नोएल डेजेलले भने, ‘तपाईको आत्माले शान्ति पाओस् जो। म अझै पनि तपाईंको जवाफको लागि मेरो फोन जाँच गरिरहन्छु ताकि हामी जिममा भेट्न सकौं।’
उनले थप लेखेका छन्, ‘म टुटेको छु भाइ, तपाईंले हाम्रो लागि आफ्नो हात खोल्नु भएको थियो, तपाईंले हामीलाई जीवन र सोशल मिडियाको बारेमा धेरै कुरा बताउनुभयो। म र अरूप्रति तपाईंको उदारता सधैं मेरो साथ रहनेछ।’ जो लिन्डनरले अभिनेत्री रश्मिका मन्धानाको फिल्म पोगारुमा पनि काम गरेका थिए ।
लिंडनरको मृत्यु पछि उनकी प्रेमिका पनि शोकमा छिन् । जोकी प्रेमिका इम्मापिचेसले उनलाई इन्स्टाग्राममा सम्झिइन्, ‘जो सबैका लागि उत्कृष्ट थिए। एन्युरिजमका कारण उनको निधन भयो, म उनीसँगै कोठामा थिएँ । उनले मेरो लागि बनाएको हार मेरो घाँटीमा लगाइदिए। त्यसपछि हामी एकअर्कालाई अँगालो हालेर बस्यौं। उनी बेलुका जिममा नोएललाई भेट्ने समयको पर्खाइमा थिए।’
उनकी प्रेमिकाले आफ्नो इन्स्टापोस्टमा थप लेखेकी छिन्, ‘उनी मेरो काखमा थिए, तीन दिनअघि उनले घाँटीमा दुखेको बताएका थिए । हामीले वास्तवमा यो महसुस गर्यौं जब यो धेरै ढिलो भइसकेको थियो। यतिबेला म धेरै लेख्न सक्दिन ।’
जोकी प्रेमिका इम्मापिचेसले थपिन्, ‘मलाई विश्वास गर्नुहोस् यो मानिस तपाईलाई थाहा भएभन्दा धेरै राम्रो थिए। उनी धेरै मीठो, दयालु, बलियो र कडा परिश्रम गर्ने वफादार र इमानदारीका साथ स्मार्ट केटा थिए।’ उनले आफ्ना फ्यानहरूलाई प्रेरणा दिन धेरै काम गरेका छन्। उनले मानिसहरूलाई प्रेरणा दिएका थिए त्यसैले उनलाइ लाग्थ्यो कि उनले आराम गर्न वा छोड्न सदैनन् ।
एन्युरिज्म एक खतरनाक रोग हो । यो रोग सामान्यतया मस्तिष्क, खुट्टा र पेटमा हुन्छ। यस रोगको बारेमा मानिसहरूलाई धेरै कम जानकारी छ, जसका कारण प्रत्येक वर्ष हजारौं मानिसहरू यस रोगको सिकार हुन्छन्।
यो रोगको लक्षण पत्ता लगाउन धेरै गाह्रो छ र यो बाहिर देखिँदैन। यस रोगमा शरीरको कुनै भागबाट एक्कासी रगत बग्ने, मुटुको धड्कन बढ्ने, स्नायुमा अत्याधिक पीडा महसुस हुने, चक्कर आउँने, आँखाको माथि वा तल दुख्ने जस्ता प्रमुख समस्या देखिन्छन् ।
Facebook Comment