अर्थ समिति बैठकमा पलास्टिकका बोत्तल हटाइयो, स्टिलको जग राखियाे

डिसी नेपाल
१९ असार २०८० १०:०७

काठमाडौँ। संसदीय समितिमा पलास्टिकका बोत्तल निषेध गर्न सुरु गरिएको छ। हालै अर्थ समितिको बैठकमा पलास्टिकका पानीको बोत्तलको सट्टा स्टिलको जग तथा सिसाको गिलास प्रयोग गर्न थालिएको छ ।

सो बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिराजभक्त श्रेष्ठले जानकारी दिँदै भनेका छन्, ‘पर्यावरण संरक्षणमा सानो उपलब्धी ’

उनले स्टिलको जग तथा सिसाको गिलास बैठक कक्षमा आउन थाले पछि लेखेका छन्, ‘अर्थ समितिको अघिल्लो बैठकमा हामीले प्लास्टिकको बोटल हटाउन गरेको अनुरोधलाई कार्यन्वयन गरि पुनः प्रयोग गर्न सकिने स्टील र सीसाको भाँडा प्रयोग गरी दिनु भएकोमा हृदयदेखि नै धन्यवाद।’

उनी अगाडी लेख्छन्, ‘सानो सानो पाइलाले परिवर्तनको बाटो खोल्दछ, नेपालको जय होस्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *