इजरायलको वेस्ट बैंकमा कारबाही, १० प्यालेस्टिनी मारिए
काठमाडौं । वेस्ट बैंकमा इजरायलको सैन्य कारबाही जारी छ। प्यालेस्टिनी अधिकारीहरूले आक्रमणका कारण जेनिन सहरका करिब तीन हजार मानिस आफ्नो घर छाड्न बाध्य भएको बताएका छन्।
अर्कोतर्फ, इजरायलको सेनाले जेनिन शरणार्थी शिविरमा १२० जनालाई गिरफ्तार गरेको र दस थप निशाना रहेको बताएको छ। इजरायलको सैन्य कारबाही सोमबारबाट सुरु भएको छ ।
इजरायली सैनिकहरू सशस्त्र बुलडोजरहरू लिएर वेस्ट बैंकमा प्रवेश गरे र हवाई हमलाहरूलाई पनि समर्थन गरियो।
यस कारबाहीमा कम्तिमा १० प्यालेस्टाइनीको मृत्यु भएको खबर छ।
इजरायल डिफेन्स फोर्सका प्रवक्ता माशा माइकलसनले बीबीसीलाई आफ्नो सैन्य कारबाहीमा एक जना पनि सर्वसाधारणको मृत्यु नभएको बताएकी छन्।
प्रतिक्रिया
Facebook Comment