शाहरुख खान मुम्बइ एयरपोर्टमा, नाकमा चाेट देखियाे

डिसी नेपाल
२० असार २०८० १०:०२

मुम्बइ। बलिउडका किंग खान अर्थात् शाहरुख खानको सुटिङको क्रममा दुर्घटना र शल्यक्रियाको खबरले फ्यानलाई चिन्तित बनाएको छ। उनका प्रबन्धकले ती समाचार झुटो भएको बताएका छन्।

तर, अहिले युवा अभिनेता मुम्बई फर्किएका छन्, जसको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। सोही क्रममा उनको नाकमा चोट देखिएको छ। यद्यपि उनी स्वस्थ देखिन्छन्। यो भिडियो हेरेपछि फ्यानहरुले शाहरुखको रिकभरीको बारेमा प्रतिक्रिया दिइरहेका छन्।

पापाराजीले सेयर गरेको भिडियोमा अभिनेता शाहरुख खानलाई निलो स्वेटसर्ट र हल्का नीलो जिन्समा अंगरक्षकसँगै निस्किएको देख्न सकिन्छ। यस क्रममा उनको नाकमा पट्टी देख्न सकिन्छ । भिडियोमा उनी ठिक देखिए पनि फ्यानहरुले राहतको सास फेरेका छन्।

यस बाहेक, किंग खानको बेटर हाफ अर्थात् गौरी खान र कान्छो छोरा अब्राम खान शाहरुख खानसँग मुम्बई फर्केको भिडियोमा देखिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *