डन-३ बाट अलग भए शाहरूख खान, अब रणविर सिंहले बिरासत थाम्ने

डिसी नेपाल
२० असार २०८० १०:१८

मुम्वइ। केही समयदेखि फ्यानहरू फरहान अख्तर र शाहरुख खानको जोडी एकसाथ आउने प्रतीक्षामा थिए। उनीहरु मिलेर डन फ्रेन्चाइजको तेस्रो फिल्म बनाउन लागेकाे खबर बाहिरिएकाे थियाे। तर, अहिले फिल्म ‘डन’बाट शाहरूख खानले यो फिल्मबाट एक्जिट लिएका छन्।

केही समय अघि पिंकभिल्लाले रिपोर्ट गरेको थियो कि शाहरुखले दर्शकको विश्वव्यापी खण्डलाई पूरा गर्न सक्ने व्यावसायिक फिल्महरूमा ध्यान केन्द्रित गर्न चाहेकाले यस फिल्मबाट पछि हटेका हुन्। यसपछि खबर आयो कि अब रणवीर सिंहले फिल्ममा शाहरुख खानको स्थान लिनेछन्। यो खबर रणवीरका लागि खुसीको खबर थियो तर फ्यानहरु निकै निराश भए।

रणवीर यो प्रोजेक्टलाई लिएर निकै उत्साहित छन्। अब अमिताभ बच्चन र शाहरुख खानको विरासतलाई अगाडि बढाउने जिम्मेवारी उनको काँधमा परेकाे छ। डन–३ मा रणवीरको संलग्नताको बारेमा उद्योगसँग सम्बन्धित स्रोतले ट्विटरमार्फत जानकारी दिएको छ। यो चलचित्र विगतका चलचित्र भन्दा नितान्त फरक हुने जानकारी दिए। फिल्म निर्माताहरूले यो फिल्मको घोषणा रणवीर सिंहको जन्मदिनमा मात्र गर्ने योजना बनाएका छन्।

यो खबरले रणवीरका फ्यानहरु निकै खुसी छन् तर कतिपयहरु आक्रोशित पनि छन्। यस्तो क्लासिक फिल्मको मजाक गरेकोमा फरहान अख्तरलाई पनि मानिसहरूले ट्रोल गरेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, ‘म शाहरुख वा रणवीरको फ्यान होइन तर किंग खानलाई डन बढी सूट गरेकाे देख्छु। जसरी शाहरुखले यो भूमिका निर्वाह गरे, मानिसहरूले उनलाई हातमा लिए। रणवीरमा अभिनय शक्ति छ तर यस भूमिकाका लागि शाहरुखको बडी ल्याङ्ग्वेज उत्कृष्ट छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *