ह्वाइट हाउसमा भेटिएको सेतो धुलो कोकिन भएको पुष्टी, राष्ट्रपतिका छोरामाथि शंका

डिसी नेपाल
२० असार २०८० १६:४०

काठमाडौं । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउसमा आइतबार राति भेटिएको सेतो पाउडर कोकिन भएको पुष्टी भएको छ। मंगलबार राति अमेरिकी अखबार ‘वाशिंगटन पोस्ट’ले यो दाबी गरेको हो । गुप्तचर टोलीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

यो पाउडर ३ दिनअघि आइतबार ह्वाइट हाउसको पुस्तकालयमा भेटिएको थियो । यसपछि ह्वाइट हाउसको पुस्तकालयको भाग पनि केही समयका लागि खाली गरिएको थियो । सोमबारबाट सुरु भएको उक्त पदार्थको अनुसन्धानले अहिले कोकिन भएको पुष्टि भएको छ ।

‘न्यूयोर्क पोस्ट’ को रिपोर्टले अनुसन्धान टोलीमा संलग्न एक फायर फाइटरलाई उद्धृत गर्दै भनेको छ- हामीले सेतो पाउडर कोकिन हाइड्रोक्लोराइड भएको फेला पारेका छौं। बरामद गरेपछि झोलामा हालेर बाहिर निकाल्यौं ।

पत्रिकाले यसबारे गोप्य सेवासँग कुरा गर्दा उनीहरूले भने–अहिले अनुसन्धान भइरहेको छ । त्यसैले कुनै पनि टिप्पणी गर्नु उचित हुनेछैन।

गोप्य सेवाका प्रवक्ता एन्थोनी ग्लेमीले वाशिंगटन पोस्टलाई भने – यो पाउडरको थप परीक्षणहरू गर्न बाँकी छ। त्यसपछि मात्र यो कोकिन हो वा अरु केहि हो भन्ने निर्णय हुनेछ।

घटनाका बेला राष्ट्रपति बाइडेन ह्वाइट हाउसमा नभएको रिपोर्टमा उल्लेख छ । उनी परिवारसँग सप्ताहन्तमा क्याम्प डेभिडमा उपस्थित थिए। अनुसन्धान एजेन्सीहरूसामु सबैभन्दा ठूलो प्रश्न यो हो कि यो पदार्थ जुनसुकै भए पनि ह्वाइट हाउसमा कसरी पुग्यो? सेक्रेट सर्भिसको टोलीले दिनहुँ ह्वाइट हाउसमा चेकजाँच गर्छ र उनीहरूले यो पाउडर बरामद गरेका थिए।

राष्ट्रपति बाइडेनका जेठा छोरा हन्टर (५३) लागुऔषध सेवनलगायतका धेरै आरोपको सामना गर्दै आएका छन् । धेरै रिपोर्टहरूले भनेका छन् कि हन्टरले कोकिन लिन्छन् । हन्टर शुक्रबार आफ्नो बुबासँग क्याम्प डेभिड जानु अघि व्हाइट हाउसमा थिए। परिवार मंगलबार ह्वाइट हाउस फर्कियो।

सन् २०१५ मा कान्छो भाइ ब्युको मृत्युपछि आफू कोकिनको लतमा परेको र पछि एक वर्षसम्म यो लत छोड्न उपचार गराउनुपरेको हन्टरले आफ्नो संस्मरण ‘ब्युटिफुल थिंग्स’ मा खुलासा गरेका छन् ।

अमेरिकी सञ्चारमाध्यममा हन्टरका धेरै तस्बिर, टेक्स्ट म्यासेज र अन्य सञ्चारहरू छन्, जसले उनले कोकिन सेवन गरिरहेको संकेत गर्छ। गुप्तचर एजेन्सीहरूले उनको एउटा ल्यापटपको अनुसन्धान गरेका छन्। भर्खरै २०१८ को एउटा तस्बिर भाइरल भयो । जसमा हन्टर कार चलाउँदै गरेको र हातमा चुरोट देखिएको छ । उक्त चुरोटमा कोकिन रहेको दाबी गरिएको थियो ।

गत महिना, उनी लागूऔषध र कथित रूपमा बन्दुक किनेको सम्बन्धमा न्याय विभागमा उपस्थित हुनुपरेको थियो। यस मामिलामा उनीविरुद्ध मुद्दा दायर भएमा र उनी दोषी ठहर भएमा उनले दुई वर्षको परीक्षण अवधि भोग्नुपर्नेछ। यसबाहेक उनले जीवनभर बन्दुक राख्न सक्ने छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *