लाहोरमा वर्षाले सबै रेकर्ड तोड्यो, ११ वर्षीय बालकसहित सात जनाको मृत्यु

डिसी नेपाल
२१ असार २०८० १४:४०

काठमाडौं । पाकिस्तानको लाहोर सहरमा बुधबार बिहानदेखि परेको अविरल वर्षाले विगत ३० वर्षको कीर्तिमान तोडेको छ ।

पाकिस्तानको मौसम विभागले १० घण्टामा २९१ मिलिमिटर वर्षा भएको जनाएको छ । यस्तै, सहरका अन्य क्षेत्रमा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।

बीबीसीको उर्दू सेवाका अनुसार यस वर्षाका कारण अहिलेसम्म सात जनाको मृत्यु भएको छ । जसमा एक ११ वर्षीय बालक पनि परेका छन् ।

पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले ट्वीट गर्दै उद्धार कार्यको जानकारी दिएका छन् ।

उनले सबै मन्त्रिपरिषद्का मन्त्री र प्रशासनिक अधिकारीले जतिसक्दो चाँडो पानी निकासीका लागि काम गरिरहेको लेखेका छन् ।

लाहोर सहरका तल्लो क्षेत्रमा बाढी आएको छ भने शहरका धेरै क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

यसअघि जुनमा २६ गते लाहोरमा २५६ मिलिमिटर वर्षा भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *