पानीमा क्याराभानले गरेको पिच भत्काउन निर्देशन

डिसी नेपाल
२२ असार २०८० ११:३३

जाजरकोट। नयाँ सहर आयोजनाले रुकुमपश्चिमको चौरजहारी नगर पालिकाको मुख्य बजार लाइनमा गरिएको कालो पत्रे उप्काउन  निर्देशन  दिएको छ।

रुकुमपश्चिम  नगरपालिका–२  स्थित  नयाँ  बजारमा  बुधबार   बेलुका  गरिएको   कालोपत्रे   उतारेर  नयाँ कालोपत्रे  गर्न निर्देशन दिइएको हो। चौरजहारी  नयाँ  सहर आयोजना  कार्यालय अन्तर्गत  क्याराभान कन्स्ट्रक्सनले कालोपत्रे गर्ने ठेक्का पाएको थियो। पानी परेको र सडकमा भल बगिरहेको बेला कालोपत्रे गरिएपछि आयोजनाले  पुनः कालोपत्रे  गर्न निर्देशन दिइएको हो।

कमसल कालोपत्रे गरिएको भन्दै स्थानीयवासी र सरोकार निकायले चासो दिएपछि बिहीबार आयोजना कार्यालयले अनुगमन  गरेको थियो। आयोजना प्रमुख सुशील आचार्यका अनुसार पानी  परिरहेको र  सडकमा समेत पानी जम्मा भइरहेको बेला  कालोपत्रे  हाल्ने काम भएको पाइएकाले तत्काल सो काम सुधार गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ।

पानीका बीचमा गरिएको कालोपत्रे  निकाल्ने र बिग्रेको काम सुधार गर्न ठेकेदार कम्पनी सहमत भएको छ। चौरजहारी  नगरपालिका  प्रमुख  पुष्प  वादी, नयाँ  सहर आयोजना प्रमुख सुशील आचार्य, क्याराभान कन्स्ट्रक्सनका प्रतिनिधि यमराज थकाली, इन्जिनियर,स्थानीयवासीसहितको छलफलले बिग्रेको काम सुधार्न सहमति निकालेको हो। चौरजहारी नगरपालिका  प्रमुख पुष्प वादीले झरी कै बिच कालोपत्रे भइरहेको खबर पाएलगत्तै  तत्काल काम  रोक्न र बिग्रेको काम सुधारेर गुणस्तरीय बनाउन निर्देशन दिइएको बताए।

ठेकेदार कम्पनीका प्रतिनिधि यमराज थकालीले कालोपत्रेको  काम  गर्दै गर्दा पानी परकाले समस्य भएको बताए। स्थानीय क्षितिज विष्टले स्थानीयले गरेको गुनासो सरोकारवाला निकायले सुनुवाइ  गरेको बताए।

उनले झरी परिरहेको र भल बगिरहेको बेला पनि  लापरबाहीपूर्ण तरिकाले कालोपत्रे गरिरहेकाले आफूहरूले सामाजिक सञ्जाल समेतमा त्यस कार्यको विरोध गरेको बताए।  जता पनि कामहरु लथालिंग बनाउनेमा क्याराभानको नाम पहिलो नाममा रहेको छ। भेरी करिडोर भित्र ६ वटा पुल अलपत्र परेको क्याराभान सत्ता र शक्तिको भरमा जथाभावी गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *